Sorry, that menu does not exist.
 

बागलुङको विकासको लागि महिला उद्धमशिलता आवश्यक

विष्णुराज पौडेल

धार्मिक दृष्टिमा महिलालाई शक्तिको स्रोत दुर्गा र धनकी देवी लक्ष्मी मानिन्छ तर परम्परा देखि महिलाहरुलाई घरको चारपर्खाल भित्र सीमित पारेको देखिन्छ ।संसारमा आधा आकास ढाकेका महिला वर्गले आज पुरुष सरह उद्योग व्यवसायमा पनि हात हालिरहेका छन। रियल इस्टेटमा लगानी रहेकी वु याजुन पत्रकारिताबाट व्यवसायमा प्रवेश गरेकी चीनको लोङ्फर प्रपर्टिजकी अध्यक्ष अर्वपति महिला उद्यमी हुन । ११ वर्षको उमेरमा स्कुल छोडेर कपडा पसलमा काम गर्न सुरु गरेकी रोसालिया मेरा फेशन रिटेलर कम्पनिकी संस्थापक अर्बपति महिला हुन । झाङ यिन चीनको सवैभन्दा ठुलो कागज उत्पादक कम्पनि नाइन ड्रागन्स पेपर होल्डिङ्स की निर्देशक हुन । ओप्रा विन्के,एरियाना हफिङ्गटन,एलेना वाटुरिना,जुलिएना बेनेट्टोन,मेरी पार्किन्स,योशिको शिनोहारा विश्वका सफल महिला उद्धमीहरु हुन् । यी चाहना भए, अवसर पाए महिलाले पनि केहि गर्न सक्छन भन्ने उदाहरण हुन।

वागलुङ रेमिट्यान्स बढि भित्रिने जिल्लाको रुपमा अगाडि नाम आउने जिल्ला हो । युवाहरु दिनप्रतिदिन वैदेशिक रोजगारीको लागि विदेशीने क्रम बढ्दो छ । नेपालको कृषिक्षेत्र महिलाले नै धानेका छन भन्दा फरक नपर्ला त्यसैले देश विकास गर्नको लागि महिलाहरु जबसम्म उद्धमशिल वन्दैनन् तब सम्म कोरा कल्पना मात्रै हुने कुरा यथार्थता हा े । त्यसैले बागलुङको समृद्धि र विकासको लागि महिलाहरुलाइ पारिवारिक जिम्मेबारी भन्दा माथि उठाएर सामाजिक परिवेश अनुसार शिप र क्षमता विकास गरि उद्धमशिल कार्यमा अभिप्रेरित गर्नु आवश्यक छ । यो राज्यको दायित्व पनि हो । हरेक परिवारमा महिलाको अग्रणी भुमिका रहेको हुन्छ । घरको सरसफाइ , बच्चाको लालन पालन, खाना,स्वास्थ्य,माया स्नेह आदि क्षेत्रमा महिलाको भुमिका अग्रणी छ । विना थकावट निरन्तर काममा लागि रहने महिलाको गुण उद्धमशिलताको लागि पनि सबैभन्दा महत्वपुर्ण गुण हो।

केहि समय अगाडि बागलुङमा महिला उद्धमीहरुको आयोजनामा तीज महोत्सव सम्पन्न भएको छ । महिला दिदीबहिनीहरुले जुन क्रियाशिलता पुर्वक महोत्सव सफल गर्नुभएको छ । उहारुप्रति ह्रदयदेखीनै हार्दिक आभार व्यक्त गर्न चाहन्छु । महिला वर्गको सामाजिक परिवेश भिन्न हुन्छ ।उनीहरुको शारीरिक एबम् मानसिक विशेषताले गर्दा उनीहरुले समाजमा विभिन्न समस्याहरु सामना गर्नुपर्दछ । महोत्सवमा हजारौको संख्यामा मानिसहरुको भीडभाड त देखियो तर महोत्सवमा उद्धमीहरुले उत्पादन गर्ने गरेका वस्तुहरु देख्न पाइएन विषेशगरि चैत्राष्टमी मेलामा उद्धमशीलता सग सम्बन्धित वस्तुहरु देख्न पाहिने गथ्र्याे । मेला वा महोत्सवहरु त्यति वेला महत्वपुर्ण हुने गर्छन जतीवेला मेला महोत्सवहरुमा प्रर्दशन गरिएका वस्तुहरुवाट दर्शकहरु लोभिन्छन् र किन्छन र आफुपनी त्यो बस्तु निर्माण गर्ने प्रेरणा बोकेर घर फर्किन्छन र नयाँ वस्तुहरु सिर्जना गर्ने,श्रम गर्ने वाटोमा प्रवेश गर्दछन ।

व्यवसायिक व्यक्तित्व जसले जोखिम बहन गरि व्यवसायमा लगानि गर्दछ र कुशलतापुर्वक व्यवसाय सञ्चालन गरी मुनाफा आर्जन गर्दछ त्यस्तो व्यक्तिलाई उद्धमी भनिन्छ। व्यवसाय स्थापना र सञ्चालन गर्ने व्यक्तिलाई उद्धमी भनिन्छ । उद्धम गर्नु वा व्यवसाय सञ्चालन गर्नु एक चुनौतिपुर्ण कार्य हो यसमा अनेक समस्याहरु आउन सक्छन्।महिला वर्गलाइ गृहणीको रुपमा मात्र होइन तेहि गृहणीको कामलाई होटल, रेस्टुराको रुपमा आफुलाइ स्वावलम्बी गराउन सक्ने क्षमता विकास गरौ। पारिबारिक उपयोगको लागि महिलाले गर्ने कृषीलाई व्यवसायमुखी गराउन अभिप्रेरित गरौ। महिलाका लागि सिपमुलक तालिमको व्यवस्था गरौ।यो कार्यमा वागलुङका स्थानिय निकाय,सरकारी,सहकारी र गैर सरकारी क्षेत्रको ध्यान जाओस अब महिला उद्धमशिलता विकासमा नै बागलुङको विकास अडिएको छ।
***
स्ववियु सचिव धवलागिरि बहुमुखी क्याम्पस, बागलुङ ।
bishnurajbgl@gmail.com
Student of MBS second year

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply