खगेन्द्र विश्वकर्मा/तेजेन्द्र गैरे, बागलुङ २०७३ माघ ९ । स्तन क्यान्सरबाट पीडित बागलुङकी ३३ वर्षीय अनिता गैरेलाई कतारका नेपालीहरुबाट उपचारको लागी ५७ हजार ५ सय ४८ सहयोग रकम प्राप्त भएको छ ।
रोजगारीको शिलशिलामा कतारमा रहेका नेपाली युवाहरुको संगठन बागलुङ सेवा समाज दोहा कतारले बागलुङ नगरपालिका वडा नं ७ कालीमाटीकी स्तन क्यान्सर पीडित अनिता गैरेलाई उक्त रकम उपचारको लागी सहयोग गरेको बागलुङ सेवा समाजका निवर्तमान अध्यक्ष तथा बर्तमान सल्लाहाकार बालसिँँह परियारले जानकारी दिए ।
बागलुङ सेवा समाज दोहा कतारका पदाधिकारी तथा कतारमा रहेको अन्य नेपालीहरुबाट सो रकम संगलन गरिएको हो । संकलन गरिएको रकम अन्तराष्ट्रिय बागलुङ सेवा समाज नेपालका सचिव तथा सहयोग संकलन अभियानका संयोजक तेजेन्द्र गैरेलाई दोहाको मुन्तजा पार्कमा एक कार्यक्रम गरी बागलुङ सेवा समाजका दोहा कतार शाखाका अध्यक्ष चन्द्रकान्त शर्मा, उपाध्यक्ष व्दय सागर पौडेल, नगेन्द्र पौडेल र सल्लाहाकार संयोजक बालँिसह परियार लगायत समाजका सदस्यहरूको उपस्थितिमा हस्तान्तरण गरिएको कतारबाट तेजेन्द्र गैरेले बताएका छन् ।
अनिता विगत तीनवर्षदेखि चितवनको क्यानसर अस्पतालमा उपचाररत छिन् । ३ वर्ष देखी उपचारमा ठुलो धनराशी खर्च भईसकेको र उपचारको लागी आर्थीक समस्या परेकोले उनका श्रीमान् अमृत गैरेले सहयोग जुटाई दिनको लागी सबैसंग अनुरोध गरेका थिए । सहयोग संकलन अभियानका संयोजक तेजेन्द्र गैरेले अहिले सम्म यो रकम सहित ५ लाखको हारहारीमा सहयोग संकलन गर्न सफल रहेको र संकलित रकम बाट १ लाख रूपयाँ पीडित परीवारलाई हस्तान्तरण गरी सकेको जानकारी गराउदै यो अभियानलाई सफल पार्न सहयोग गर्ने बागलुङ समाज परिवार लगायत सहयोग दाताहरुलाई धन्यवाद दिएका थिए।
गैरेको परिवारमा २ छोरी ,१ छोरा र श्रीमान रहेका छन् । उनका श्रीमान् अमृत गैरे पनी पेटको रोगबाट ग्रसीत रहेको र बिगत १ वर्ष देखी दैनिक रूपमा औषधी सेवन गर्दै आएका छन् ।