Sorry, that menu does not exist.
 

चाडपर्वलाई मध्यनजर गर्दै प्रहरीव्दारा जुवातास, मदिरा र सवारीमा कडाई !

छविलाल पाण्डे बुर्तिबाङ २०७४ असोज ३ । ईलाका प्रहरी कार्यालय बुर्तिबाङले दशै, तिहार, छठ, जस्ता पर्वलाई लक्षित गर्दे मदिरा नियन्त्रण ,जुवातास नियन्त्रण देखि यातायात सम्म सुरक्षा ब्यबस्थालाई कडाई गर्ने निर्णय गरेको छ ।

चाडपर्बहरु नजिक आईरहेको अबस्थामा अराजकता, तथा बिभिन्न दुर्घटना हुने भन्दै बजारदेखि गा्रमिण क्षेत्रसम्म पुगेर मदिरा नियन्त्रण तथा कडाई गर्ने, जुवातास पुर्ण रोक्नका लागि छड्के चेकजाँचलाई अगाडि बढाउने र मध्यपहाडि लोकमार्ग सँगै ग्रामिण क्षेत्रमा सञ्चालन हुने सवारीमा चेकजाँच सँगै गाडि हाँक्ने, क्षमता भन्दा बढि यात्रु राख्ने, होहल्ला गर्ने, ब्यातिmलाई कडा कारबाहि प्रकृया अगाडि बढाउने प्रहरी निरीक्षक कृष्ण रानाले बताए ।

यस क्षेबम बढि मात्रामा जुवातास खेल्ने र मदिरा सेवनका कारण झैझगडा, अशान्ति जस्ता घटना हुने भएका कारण सबैलाई सचेत बनाउँदै अराजक गतिबिधि गर्ने जो कोहिलाई पनी नछोडिने ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुअ कृष्ण रानाको भनाई छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply