Sorry, that menu does not exist.
 

दशैँ/तिहारका अवशरमा सम्भावित असामाजिक गतिविधी नियन्त्रणमा प्रहरीको ध्यान केन्द्रित

बागलुङ २०७४ असोज ४ । विजया दशमी, तिहार लगायतका चाडपर्वहरुलाई मध्यनजर गरी जिल्लाको शान्ति सुरक्षा लगायतका विषयहरुमा प्रहरीको विशेष ध्यान केन्द्रित भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक चन्द्रकुवेर खापुङले बताएका छन् ।

‘चाडपर्वमा बढी मदिरा सेवन गर्ने जुवातास खेल्ने, झैझगडाका घटनाहरु घट्ने, चोरी लुटपाट जस्ता अपराधिक गतिविधी बढ्न सक्ने सम्भावनालाई लिएर प्रहरीले जिल्लामा उच्च सतर्कता अपनाएको छ’, प्रहरी उपरीक्षक खापुङले ईबागलुङसंग कुरा गर्दै भने, ‘नेपालीहरुको महान चाडपर्वहरुमा कुनै अप्रिय घटनाहरु हुन नदिन र जिल्लाको शान्ति सुरक्षा, अमन चयनमा कुनै आँच आउने काम हुन नदिन जिल्लाका सबै इलाका प्रहरी लगायत प्रहरी चौकीहरुलाई निर्देशन दिईएको छ ।’

जिल्लाको शान्ति सुरक्षाका लागि प्रहरी हरहमेसा सजग रहदै आएको प्रशंग उल्लेख गर्दै प्रहरी उपरीक्षक खापुङले, जिल्लामा हुने कुनै पनि किसिमका अपराधिक एवं असामाजिक घटना नियन्त्रणमा प्रहरीले सतर्कता अपनाउदै आएको बताए ।

उनले चाडबाडको समयमा केहि उच्छृंखल तत्वहरुबाट अपराधिक घटनाहरु घट्न सक्ने हुनाले प्रहरीले उच्च सतर्कता अपनाउदै सवारी चेकजाँच समेतमा थप कडाई गरिएको पनि बताए ।

दशैँ र तिहारको मौकामा जिल्लावासीहरु घर फर्किने हुनाले जिल्लाका लोकमार्ग एवं ग्रामीण सडकहरुमा सवारी साधनहरुको क्षमता, चालकका स्थिति, सवारी भाडामा मनपरी जस्ता कुराहरु हुन नदिन प्रहरीले अनुगमन गरिहेको प्रउ खापुङको भनाई थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply