लोकेन्द्र निरासी, बुर्तिबाङ २०७४ असोज ४ । ढोरपाटन बुर्तिबाङ सेवा समाज दोहा कतारले निसीखोला गााउपालिकाका बाढी पहिरो पीडितका लागी बुधवार राहत रकम वितरण गरको छ । सामुदायिक रेडियो परिवर्तनको संयोजन र समाजको आर्थिक सहयोगमा उक्त रकम वितरण गरिएको हो ।
गत साउन २० गते आएको पहिरोमा परि निसीखोला २ का एकै परिवारका वर्ष ६६ का मनिमान छन्त्याल, वर्ष ६३ की नन्दकली छन्त्याल, वर्ष २२ की विन्दु छन्त्याल र वर्ष १८ की गीता छन्त्यालको मृतुभएको थियो । सेवा समाजले मृतक परिवारका सदस्य रिम बहादुर छन्त्याललाई राहत रकम नगद रु २६ हजार रुपैया एक कार्यक्रमका विच हस्तान्तरण गरेको छ ।
यस्तै निसीखोलाकै वडा नं. १ की मृतक खगिसरा सिंजालीका छोरा लाल बहादुर सिंजालीलाई राहत रकम रु १५ हजार वितरण गरिएको छ । त्यसैगरी पहिरोमा परि ज्यान गुमाएका ढोरपाटन नगरपालिका ५ पाखापानीका मृतक ओम बहादुर कामीको परिवारजनलाई रु १५ हजार गरि सेवा समाजले कुल ५६ हजार रकम वितरण गरेको जनाएको छ ।
ढोरपाटन सेवा समाजका संस्थापक एवम पूर्व अध्यक्ष दिपक कुमार अदैको अध्यक्षता रहेको उक्त कार्यक्रममा निसीखोला गाँउपालिकाका प्रमुख तारानाथ पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले ढोरपाटन बुर्तिबाङ सेवा समाज दोहा कतारले गरेको मानवीय कार्यप्रती धन्यबाद दिदै यस खालको राहत कार्यले पीडितको घाउलाई मलहम पट्टी गर्न सहयोग मिल्ने बताए ।
कार्यक्रममा गाँउपालिका उपाध्यक्ष शोभा कुमारी कार्की, वडा नं. १ का अध्यक्ष ईन्द्र बहादुर मल्ल, २ का अध्यक्ष कुविर विश्वकर्मा, ३ का अध्यक्ष जुन विक्रम शाही, ४ का अध्यक्ष टिकानिधी पौडेल, ५ का अध्यक्ष हर्कमान घर्ति, ६ का अध्यक्ष सुर्य बहादुर घर्ति, ७ का अध्यक्ष तेजेन्द्र विक्रम कुँवर (नहकुल) लगायत निसीखोला गाँउकार्यपालिकाका सदस्य एबम जनप्रतिनिधिहरु, कार्यलयका कार्यकारी अधिकृत संजय अधिकारी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
सेवा समाजले यस भन्दा अघिल्ला बर्षहरुमा पनि भुकम्प पीडित, वाढी पहिरो पीडित, अग्नी पडित, विभिन्न दैवी प्रकोप लगायतका क्षेत्रमा निरन्तर राहत रकम संकलन र वितरण गर्दै समाजिक सेवाका क्षेत्रमा काम गर्दै आईरहेको छ ।
उक्त राहत रकम संस्थाका वर्तमान अध्यक्ष दुर्गा थापा लगायत समितिका सदस्यहरुको सक्रियतामा कतारमा काम गर्ने नेपालीहरुको आर्थिक सहयोग संकलनमा जम्मा गरि वितरण गरिएको हो ।
उक्त राहत वितरण कार्यक्रम सामुदायिक रेडियो परिवर्तन ९२ मेगाहर्जका अध्यक्ष लोकेन्द्र सुनारको सञ्चालनमा सम्पन्न भएको थियो ।
साथै आजै निसीखोला गाँउपालिकाले पनि बाढी पहिरोमा ज्यान गुमाउने मृतकका परिवारजनलाई राहत रकम वितरण गरेको छ । बाढी पहिरोबाट सबभन्दा बढी क्षती पुगेका रिम छन्त्याललाई प्रति मृतक परिवारको जनही ३० हजारका दरले ४ जनाको १ लाख २० हजार र घर भत्किएको १० हजार गरि १ लाख ३० हजार राहत रकम वितरण गरिएको छ । यस्तै मृतकका परिवार लाल बहादुर सिंजालीलाई प्रती मृतक जनही ३० हजार र घर भत्कीएको १० हजार गरि कुल ४० हजार रुपैयाँ राहत रकम वितरण गरिएको छ ।
उक्त राहत रकम जनप्रतिनिधी, संचारकर्मी, पीडित परिवार र स्थानियको रोहवरमा गाँउपालिकाका प्रमुख तारानाथ पौडेलले वितरण गरिएको थियो ।