झरना कँडेल बुर्तिवाङ २०७४ असोज ५ । ढोरपाटन नगरपालिका वडा नं २ खल्बाङमा रहेको अर्नाकोट आधारभुत बिद्यालयमा बुधबार बिद्यालयको वरीपरी भएको घेराबारको उद्घाटन तथा नागरिक अभिनन्दन सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
ढोरपाटन नगरपालिकाका प्रमुख देबकुमार नेपालीको ब्यक्तीगत रु ४ लाख ५० हजार आर्थिक तथा भौतिक सहयोगमा बिद्यालय परिसरमा तार तथा जालीले लगाईएको घेराबार मुख्य ढोकाको, नगर प्रमुख नेपालीले उद्घाटन गरेका छन् ।
उद्घाटन पछी प्रमुख अतिथीको आसनबाट बोल्दै नगर प्रमुख नेपालीले बिद्यालयलाई पर्यटकीय बिद्यालय बनाउन , बिद्यालयको विकासका लागी जस्तो सुकै समस्या परेपनि आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले यस बिद्यलयलाई २०७० साल देखी सहयोग गरिरहेको बताउदै आउदा दिनहरुमा पनि यस्तै सहयोग गर्न पछि नपर्ने स्पष्ट पारे ।
सो अवसरमा नगरप्रमुख नेपालीले यो बिद्यालय लगायत ढोरपाटन नगरपालिका भित्र रहेका ४३ बटा बिद्यालयलाई शैक्षिक क्षेत्रबाट हरहभरा बनाउने , आगामी शैक्षिक सत्रबाट अंग्रेजी र कम्प्युटर माध्यमबाट पठनपाठन सञ्चालन गर्ने , बिद्यलयलाई बिभेदरहीत शिक्षा दिने , प्रतिबद्धत समेत व्यक्त गरे । उनले खल्बाङमा स्वास्थ्य चौकीको अभाब भएकाले यसको ब्यबस्था गर्न पहल गर्ने पनि बताए ।
कार्यक्रमका अबसरमा उत्तगंगा माविका श्रोत ब्यक्ती हरिचन पाण्डे, ढोरपाटन नगरपालिकाका उपमेयर करमती पुन , ढोरपाटन नगरपालिकाका कार्यकारी अधिकृत रामप्रसाद आचार्य, बुर्तिबाङ प्राथामीक स्वास्थ्य केन्द्रका प्रमुख डा. सुनिल कुमार जैसवाल, नेकपा एमालेका प्रस्ताबित जिल्ला कमिटी सदस्य दधीराम अर्याल, जिल्ला सदस्य केशर छन्त्याल, प्रहरी निरीक्षक कृष्ण बहादुर राना, एमाले प्रदेश नं ४ का सचिवालय सदस्य टंक प्रसाद पौडेल, देबिस्थान माध्यमिक बिद्यलयका शिक्षक पुर्ण प्रसाद साप्कोटा, ढोरपाटन नगरपालिकाका प्रमुख ईन्जिनीयर जुद्धबहादुर पुन, अर्नाकोट आधारभुत बिद्यालयका शिक्षक अीबभाबक संघका संयोजक शंकर बहादुर कुवंर, अर्नाकोट देउराली आधरभुत बिद्यालय निसीखोला गापा २ का प्रधानाध्यापक झम बहादुर कुवंर लगायतले मन्तय ब्यक्त गरेका थिए ।
सो अबसरमा देबिस्थान माध्यमिक बिद्यलयका शिक्षक पुर्ण प्रसाद साप्कोटाले शिक्षक बिद्यार्थी र अभिभाबकको त्रिकोणात्मक सम्बन्ध भए मात्रै शैक्षिक गुणस्तर बढ्ने बताउदै आफु पनि एक शिक्षक भएकाले शिक्षा क्षेत्रमा केही सहयोग होस भनेर बिद्यालयका लागी नगद रु १० हजार सहित रु ५ हजार बराबरको शैक्षिक सामाग्री हस्तान्तरण गरेका थिए ।
बिभिन्न झाँकी, बाजागाजा, स्वागत गीत तथा नृत्यका साथमा गरिएको कायक्रममा डीसीआरडसी महिला समुहले प्रमुख अतिथी नेपाली र उपप्रमुख करमती घर्तिलगायनलाई स्वागत तथा सम्मान गरेको थियो ।
अर्नाकोटमा प्रमुख/उपप्रमुखको अभिनन्दन : ढोरपाटनका सबै विद्यालयको शैक्षिक सुधार गर्ने प्रतिवद्धता !
२०७४ आश्विन ५, बिहीबार ०७:२८
Home Slider, Top News, प्रमुख समाचार
Related Posts
२०७८ असार २४, बिहीबार ०९:०६
५ दिन देखी तमानखोला बुर्तिबाङ सडक अवरुद्ध
२०७८ असार १२, शनिबार ०९:२०