Sorry, that menu does not exist.
 

बागलुङबाट बुर्तिबाङ आँउदै गरेको जीप खाल बजार नजिकै दुर्घटना, १० घाईते ३ जना गम्भीर !

बुर्तिवाङ २०७४ असोज ५ । बागलुङ देखि बुर्तिबाङका लागि छुटेको लु १ ज १०६७ नम्बरको यात्रुबाहक जिप बिहिबार दिँउसो वडीगाड गाँउपालिकाको वडा नँ ५ खाल बजार नजिकै दुर्घटना हुँदा बडिगाड गाँउपालिका र ढोरपाटन नगरपालिकाका गरी १० जना यात्रु घाईते भएका छन् ।

मध्यपहाडी लोकमार्ग देखि चिप्लिएर जिप करीब २५ मिटर तल खसेर वडीगाड खोलामा पुगेको छ । ७ जना यात्रु सामान्य घाईते भएपनी ३ जनाको टाउको समेत शरीरका विभिन्न ठाउमा चोट लागेका कारण थप उपचारका लागि पोखरा पठाईएको ईलाका प्रहरी बुर्तिबाङका प्रमुख कृष्ण रानाले बताए ।

प्रहरीका अनुसार गम्भीर घाईते हुनेमा बडीगाड ७ की ५२ वर्षिय बालकुमारी बिक, बडीगाड ८ की वर्ष २७ की शोभा श्रीस र वडिगाड कै वर्ष १९ को अमिन बिक रहेका छन् । उनिहरुको कसैको टाउकोमा कसैको कोखामा चोट लागेको प्रहरीले बताएको छ ।

सामान्य घाईते हुनेहरुमा ढोरपाटन ६ का भवेन्द्र विक, ढोनपाकै गोपिराज अर्गेजा, बडीगाडकी किमन कुमारी विक निजकी ३ वर्षिया छोरी, बडीगाडकै अनु पुन, विपिन घर्ती, अनुसा पुन, टेक बहादुर पुन र चालक कृष्णबहादुर कार्की रहेका छन् । जीपमा सवार यात्रुहरुमध्य दुई जनालाई कुनै चोटपटक नलागेको प्रहरीले जनाएको छ ।

अन्य सामान्य घाईतेको बुर्तिबाङ र भिङगिठेमै सामान्य उपचार पश्चात घर फिर्ता भएको बताईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply