कोपिला कंडेल, बागलुङ, २०७४ असोज ११ । नेकपा माओबादी केन्द्रका केन्द्रिय सचिवालय सदस्य देबेन्द्र पौडेलले यथास्थितिवादी र प्रतिगमनकारी शक्तिलाई परास्त गर्नका लागि परिवर्तनकारी शक्तिबिच ध्रुवीकरण आवश्यक रहेको बताएका छन् ।
प्रेस सेन्टर नेपाल बागलुङले मंगलवार आयोजना गरेको पत्रकार भेटघाटका क्रममा पौेडेलले राष्ट्रियताको हितका लागि गणतन्त्र स्थापनाका गर्न योगदान पुर्याएका दलहरु बिचको सहकार्य समन्वय र एकता हुनु्पर्नेमा जोड दिए ।
आगामी प्रदेश र प्रतिनिधी सभाको निर्वाचनमा आफ्नो पक्षमा परिणाम हासिल गर्नका लागि परिवर्तन र अग्रगमनको ऐजेण्डा बोक्ने जुनुस्ुकै शक्तिबिच पनि सहकार्य गर्न सकिनेमा जोड दिनुभयो । केही समय अघि नयां शक्ति पार्टीमा आबद्ध रहेका पौडेलले पत्रकारको जिज्ञासाको जवाफ दिदै नयां शक्तिले क्रान्तिलाई तार्किक निष्कर्षमा पुर्याउन नसक्ने संकेत देखिएपछि आफु पुनं माओबादी केन्द्रमै फर्केको बताए । गणतन्त्र स्थापनाका लागि योगदान गरेका एबं परिवर्तनका ऐजेण्डालाई आत्मसाथ गर्ने शक्तिले मात्र मुलुकलाई सहि ढङ्गबाट अगाडी बढाउन सक्छ, पौडेलले भने, नयां शक्तिमा त्यो सम्भावना नदेखिएपछि पुनं माओबादीमै समाहीत भयौ । उनले माओबादी बिना मुलुकले गतिलिन नसक्ने दाबी समेत गरे ।
स्थानिय तहको निर्वाचन, राष्ट्रिय गौरवका आयोजना, बाटोघाटो निर्माण लगायतका बिकास निर्माणका महत्वपु्र्ण गतिबिधी माओबादी केन्द्रको पहल र नेतृत्वमा शुरु भएको चर्चा गर्दै माओबादी केन्द्रका नेता पौडेलले यी आयोजना र पुर्वाधारलाई सम्पन्न गर्नका लागि सरोकारवाला बिच सहकार्य र समन्वय गरेर अगाडी बढ्ने बताए । पौडेलले पार्टीको अलग पहिचान सहित अन्तर्राष्ट्रिय सम्बन्धहरु कायम गर्ने धारणा ब्यक्त गरे ।
कार्यक्रम प्रेस सेन्टर नेपाल बागलुङका अध्यक्ष राम थापा अबिरलको अध्यक्षता र सल्लाहकार कोपिला कंडेलको संचालनमा सम्पन्न भएको थियो ।