प्रेम सुनार, गुल्मी २०७४ असोज १३ । गुल्मीको एक कार्यक्रममा आएका नेपाली सिने क्षेत्रका महानायक राजेश हमालले आफु जन्मिनु भन्दा तीन वर्ष अघि देखि नै चलचित्रमा अभिनय गरेको बताए ।
गुल्मीको धुर्कोट गाउँपालिकामा आयोजितत धुर्कोट बडादशैँ मेला २०७४ को भव्य समारोहलाई सम्वोधन गर्दै, ‘खास त मेरो उमेर २५ वर्ष पनि नाघेको छैन तर म फिल्ममा खेल्न थालेको २८ वर्ष पुग्यो । ’ ठट्यौली पारामा महानायक हमालले यस्तो बताएका हुन् ।
गुल्मीको धुर्कोट गाउँपालिकोट गाउँपालिका वडा नम्वर ४ जैसीथोकको कालापोखरा खेल मैदानमा बिहिवार भएको मेलामा धुर्कोटवासी संग रमाईलो गरी दशैं मनाउन पाएकोमा आफुले ठुलो अवसरका रुपमा लिएको बताए ।
धुर्कोटमा पहिलो भए पनि गुल्मीमा चौथो पटक आई पुगेका महानायक हमाल प्रतिको हुटिङ्ग युवा वर्गमा देख्दा उनको क्रेज झन बढ्दो छ भन्ने बुझ्न सकिन्थ्यो ।
सदरमुकाम नजिकै भँगेरीमा सुख्खा पहिरोले हिजो देखि सडक अवरुद्ध भएका कारण गाडी त्यही रोकेर आधा घण्टाको उकालो हिडेर करिव ४ वजे कार्यक्रममा पुगेका हमालले साँझपख धमका नै मच्चाए ।
दर्शक दीर्घबाट उनि आफैले बोलाएकी एउटी १५ वर्षे किशोरीको बारुली कम्वर संग निकै झुमेका नायक हमाल संग नाँच्न पाकी महिलाहरु समेत स्टेज मै पुगेका थिए ।
महानायक हमाल गुल्मी आउँदै छन् भन्ने खवर पाए पछि सदरमुकाम तम्घास देखि धुर्कोट सम्म बाटोमा उनलाई हेर्नेहरुको ठाउँ ठाउँमा भिी थियो ।
कार्यक्रममा गायक शौगात सागर, गायिका सपना गाह , बैकुण्ठ महत लगायतका कलाकारहरुको वेजोड प्रस्तुती रहेको थियो । कार्यक्रममा सहयोगदाता र विभिन्न क्षेत्रमा योगदान पुराउने महानुभावलाई प्रमुख अतिथी धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेल र विशिष्ट अतिथी महानायक राजेश हमालले सम्मान गरेका थिए ।
कार्यक्रममा धुर्कोट गाउँपालिका उपप्रमुख शिवबहादुर खत्री , सवै वडा प्रमुख र विभिन्न क्षेत्रका समाज सेवीहरुको सहभागिता रहेको थियो । ‘धुर्कोटको सौन्दर्य हाम्रो शान, पर्यटन विकास हाम्रो अभियान’ भन्ने मुल नाराका साथ देविस्थान युवा क्लव जैसीथोक र ह्याप्पी ईन्टरटेन्टमेण्ट काठमाण्डौले मेला आयोजना गरेको थियो भने कार्यक्रमको सन्चालन सञ्चारकर्मी मदन खनालले गरेका थिए ।
कार्यक्रम निर्देशक मदन खनालको अध्यक्षता रहेको कार्यक्रममा गायक तथा चर्चित उद्घोषक लक्ष्मण खड्काको रहेको थियो । मेला तिन देखि सञ्चालन भई बुधवार न्ै समापन भएको छ ।
मेलामा भारतको राजस्थानबाट ल्याईएको उँट प्रदर्शन, एशियाकै होची महिला मञ्जु घिमिरे , विभिन्न प्रकारका पीङ , व्यापारिक स्टल राखिएको थियो । मेलाले ऐतिहासिक धुर्कोटलाई चिनाउने आयोजकले अपेक्षा राखेका छन् ।