काठमाडौ २०७४ असोज १४ । पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेवले विजया दशमीको अवसरमा समस्त नेपालीको महान चाड विजया दशमीको उपलक्षमा शुभकामना सन्देश दिँदै देश भित्र र बाहिर रहे बसेका सबै नेपाली दाजुभाई दिदीवहिनीहरुलाई सख शान्ति र सफलताका लागि शुभकामना व्यक्त गरेका छन् । राजा ज्ञानेन्द्रले विजया दशमीको शुभकामना सन्देशमा तीन गम्भीर प्रश्न उठाएका छन् ।
राजा ज्ञानेन्द्रले एक विज्ञप्ती जारी गर्दै, ‘राष्ट्रिय स्वाभिमान सहितको प्रगति, नेपाली जनताले चाहेको हो । दुई विशाल छिमेकी मित्र राष्ट्रहरुबीच रहेको सुन्दर नेपाल, सेतु राष्ट्र हो । यो देशको अखण्डता, अविभाज्यता र स्वाभिमानमा केहि बाह्य शक्तिद्वारा श्रोत परिचालन गरि प्रहार हुुदैं आएको अनुभव, नेपाली जनतामा हुनु सुखद विषय हुँदै होइन भन्दै यहां स्वाभिमान गुम्ने र सम्वृद्धि छाडिने स्थितिको सामना गरिरहनु परेको’ उल्लेख गरेका छन् ।
मौलिक नेपाली संस्कृति, परम्परा र नैतिक मुल्य मान्यता विस्तापित भइरहेको र आयातित संस्कृति र धर्मलाई प्रोत्साहित गरिएकोमा गम्भीर चिन्ता व्यक्त गर्दै राजा ज्ञानेन्द्रले दलहरुको कडा आलोचना गरेका छन् ।
राजा ज्ञानेन्द्रले विज्ञप्तीमा भनेका छन्, ‘राज्यका सबै संयन्त्रहरुको राजनीतिकरण भइरहेको असामान्य अवस्था यति बेला हामी बेहोर्दै छौं, राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनु देशका लागि शुभ संकेत कदापि होइन । किन र कसका कारणले यस्तो स्थिति भएको हो, त्यसको खोजिनिती हुनु आवश्यक भई सकेको छ ।’
विज्ञप्तीमा राजा ज्ञानेन्द्रले, दुरगामी महत्वका राष्ट्रिय मुद्दाहरुको निरुपण जनमत मार्फत खोज्न हिचकिचाउनुलाई प्रजातन्त्र सम्मत व्यवहार भन्न मिल्छ कि मिल्दैन ? संवैधानिक अंगहरुको निष्पक्ष भूमिकालाई निरुत्साहित गर्ने र राज्यका हरेक निकायलाई दल विशेष गर्दै जाने नीतिले देशलाई कहां पुयाउँछ ? पहुच नभएका नेपालीले कुनै अवसर प्राप्त गर्न नसक्ने र स्वदेशमै पराया महशुस हुनु पर्ने जुन परिस्थिति बनाइएको छ त्यसको जिम्मेवारी कसले लिने ? यस्ता अनेकौं प्रश्नहरु जनमनमा रहंदा रहंदै, जवाफ दिने जिम्मेवार निकाय वास्तविकताको सामना नगरि तर्कन खोजेको अनुभूति हामीले गरेका छौं । ’ उल्लेख गरेका छन् ।
विज्ञप्तीको पूर्ण पाठ यसप्रकार छ,