जापान २०७३ माघ १२ । भान्सा सेवा समाज जापानले घाटीको क्यान्सर रोगबाट पीडित भान्साका चन्द्रबहादुर पौडेललाई उपचारको लागि नगद सहयोग गरेको छ ।
‘सेवा नै मानवताको धर्म हो’ भन्ने मुल नाराका साथ बागलुङ जिल्लाको बा न पा ८ भान्सा बाट पेशा,रोजगारी र अध्यनको लागि जापान पुगेका भान्सावासीहरुबाट स्थापना गरिएको भान्सा सेवा समाज जापानले बागलुङ नगरपालिका ८ बस्ने चन्द्रबहादुर पौडेललाई नगद २ लाख ७५ हजार ३ सय १७ रुपयाँ सहयोग गरेको हो ।
समाजले समाजका पदाधिकारीहरु ,जापानबासी गाउले र नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुबाट रकम संकलन गरी संकलित उक्त रकम नेपालमा रहेको भान्सा सेवा समाजलाई हस्तान्तरण गरिएको हो ।
समाजका अध्यक्ष शंकर सापकोटाले उनको पारिवारिक आर्थिक अवस्था नाजुक रहेको र उपचारको लागि ठुलो धनराशीको आवश्यकता पर्ने हुनाले सहयोग संकलनमा जुटेको बताए ि पौडेलको करिव ३ महिना देखि चितवनको भरतपुर क्यान्सर अस्पतालमा उपचार भईरहेको छ िपौडेल साउदी अरबमा रोजगारीको शिलशिलामा रहेका थिए र केहि महिना पहिले मात्र नेपाल फर्केका थिए ।
अध्यक्ष सापकोटाले छोटो समयमा सबैले आफ्नै समस्या जस्तो गरि रकम सहयोग गर्नमा सहयोग गरेकोले यतीका रकम संकलन गर्न सफल भएको र यसरि नै भाईचाराको सम्बन्ध बनाई राख्नु पर्ने कुरामा जोड दिदै सहयोग संकलनमा सल्लाह ,सुझाव र सहयोग गर्नुहुने सबैलाई धन्वाद दिएका थिए ।
पीडित चन्द्रबहादुरलाई सहयोग गर्नेहरुमा शंकर सापकोटा, शिव सापकोटा, बिष्णु सापकोटा, कमल सापकोटा र गंगाराम सापकोटाले १० हजार रुपैयाँ सहयोग गरेका छन् । यस्तै बिधान केसीले ५० हजार, ओम सापकोटाले १० हजार, धर्म सापकोटाले ५ हजार दिपेन्द्र केसीले १२ हजार, रेशम सापकोटाले ५ हजार, शिव सापकोटाले १० हजार, दुर्गा आचार्यले १० हजार, लक्ष्मण सापकोटाले १० हजार, हरिभक्त सापकोटाले ५ हजार, जनक सापकोटाले १० हजार, किरण सापकोटाले ५ हजार, प्रेम सापकोटाले १० हजार, शिव सापकोटाले १० हजार, उमेश सापकोटाले ५ हजार सहयोग गरेका छन् ।
यस्तै खडानन्द सापकोटाले १० हजार, कृष्ण सापकोटाले ५ हजार, लिलाधर सापकोटाले ६ हजार, रामकृष्ण केसीले ५ हजार, भिम आचार्यले १० हजार, हिरा केसीले ५ हजार, ओमकार सापकोटाले ५ हजार, झपेन्द्र सापकोटाले १० हजार, गोपाल प्रसाद सापकोटाले २ हजार १ सय ११, रुपा केसीले ५ हजार, नारायण सापकोटाले १ हजार, प्रविन यादवले १ हजार, योगराज शर्माले २ हजार, नरहरी अर्यालले २ हजार ५ सय, अर्जुन प्रसाद ज्ञावलीले २ हजार ५ सय र अञ्चल महतले १० हजार रुपया सहयोग गरेका छन् ।