Sorry, that menu does not exist.
 

एक सामाजिक अभियन्ताको कटाक्ष : अर्नाकोटको भ्यूटावरबाट टेलिस्कोप तेर्साएर हेर्दा …

बुर्तिवाङ २०७४ असोज १७ । दशैँको बेला बागलुङ जिल्लाका विभिन्न नगर एवं गाउपालिकामा रहेका क्लबहरुले विभिन्न कार्यक्रमहरुको आयोजना गरेका छन् । वर्षको एक पटक मनोरन्जनात्मक कार्यक्रमहरु गरेर क्लबलाई जीवित राख्ने प्रचलनको विकास भएको यस घडीमा एक जना सामाजिक अभियन्ताले सामाजिक सन्जाल ‘फेसबुक’ मार्फत समय सान्दर्भिक विचार यसरी प्रकट गरेका छन् …

“…विभिन्न ठाउँमा क्लबहरुले कार्यक्रमहरुको आयोजना गरेको पाइयो । स्थानीय रुपमा गठन भएका युवा क्लबहरु पात पर्स्याउला जस्तै भइसकेको जोशिलो साइलोलाई लाग्यो । वर्ष दिनमा एक पटक भलिबल खेल खेलाएर र मनोरञ्जनमुखी कार्यक्रम गरेर पैसा सक्ने क्लबहरु धेरै भइसके । यहाँ सबैलाई दोष दिन खोजेको भने होइन । जिल्लामा नै हेर्ने हो भने अन्य कतिपय राम्रा युवा क्लबहरुले उदाहरणीय काम पनि गरेका छन् । तिनीहरुबाट पाठ सिक्न जरुरी छ ।

बिवाईसी, सीवाईसी, डीवाईसी, डीसीआरडीसी आदि क्लबहरु पनि सुरुमा स्थानीय स्तरबाटै गठन भएका युवा क्लबहरु हुन् जसले आज राष्ट्रिय कार्यक्रमहरु हाँकिरहेका छन् र कतिपय उदाहरणीय काम गरेका छन् ।

तर गाउँका कतिपय स्थानीय युवा क्लबहरु आजको विश्व भुमण्डलीकरणको युगमा पनि अझै सिमित वार्ड, सीमित क्षेत्र, निश्चित साम्प्रदायिक समुदाय र जाति विशेषभन्दा माथि उठ्न सकेका छैनन् । सदस्यता विस्तार र नेतृत्व लिने दिने कुरामा पनि त्यही अवस्था छ । त्यसैले सबै स्थानीय युवा क्लबहरुले अब संकुचित घेराभन्दा माथि उठेर सोच्नु पर्छ र मनोरञ्जनमुखी मात्र नभई सामाजिक विकासका कार्यमा लाग्नु पर्छ भन्ने जोशिलो साइलोलाई लाग्यो ।

अनि संगै प्रसंग जोड्न मन लाग्यो वातावरण संरक्षण मञ्च बोहरागाउँको । आम संचारमाध्यमबाट प्रचारप्रसार गरेर र अतिथिहरुलाई महाअष्टमीको दिन ११ बजे कार्यक्रमको उद्घाटन हुन्छ भनी पत्रचार समेत गरेर र अतिथिहरु आई ३ घण्टा कुर्दा समेत २ बजे संचालकले माइकबाट कार्यक्रमको उद्घाटन भोलि हुन्छ भनी सूचना जारी गरेको सुन्दा जोशिलो साइलोले पनि बाटो तताएकै बेस हुने ठहर गर्यो । औपचारिक उद्घाटन हुने कार्यक्रम कुनै कारणले स्थगित र परिवर्तन गर्नुपर्ने भए पनि समयमै सूचना हुनुपर्छ, तर क्लब आफै गैरजिम्मेवार बन्न सुहाउँदैन । क्लबको औपचारिक कार्यक्रम भनेको काम नपाएका रमितेहरुलाई जतिबेला मन लाग्यो त्यतिबेला बोलाउने जस्तो त होइन होला नि ?”

साभार : लोकेन्द्र निरासीको फेसबुकबाट ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply