गुमानसिँह भण्डारी, गल्कोट २०७४ असोज १७ । भोलि असोज १८ गते सुरु हुने प्रथम गलकोट सास्कृतिक महोत्सव २०७४ को तयारी छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको छ । सम्पन्न बैठकले उदघाटन कार्यक्रममा सहरी बिकास मन्त्री प्रभु शाहलाई प्रमुख अतिथिको रुपमा ल्याउने निर्णय गरेको छ ।
गलकोट क्षेत्रका राजनैतिक दलहरुबिच भएको अन्तरक्रिया तथा छलफल कार्यक्रममा गलकोटको बिकासमा टेवा पुग्ने गरि महोत्सवको ब्यवस्थापन गनुपर्ने सहभागीहरुको भनाई छ । कार्यक्रममा प्रमुख अतिथिको बिषयमा समेत छलफल गरिएको थियो । महोत्सवको प्रचार प्रसारका लागी होम थापाको संयोजकत्वमा गंगा भुजेल र रामप्रसाद कडेललाई जिम्मेवारी प्रदान गरिएको छ ।
कार्यक्रममा सहभागी सहभागीताका लागी बिभिन्न वडाका जनप्रतिनिधि, संघसस्थाका प्रतिनिधि, जिल्ला तहका नेता, सांसदहरुसँग सहकार्य गर्न बैठकमा सहभागी राजनैतिक दललाई आग्रह गरिएको छ ।
कार्यक्रम हिमालयन म्युजिकल ईभिन्टे म्यानेजमेन्ट प्रालिका प्रतिनिधि होम थापाको अध्यक्षता, स्थानिय कार्यक्रम संयोजक हर्क पाण्डेको स्वागत मन्तब्य र
कार्यक्रममा नेपाली काग्रेसका वीरजङ भण्डारी, नेकपा एमालेका बुल बहादुर केसी, नेकपा माओबादी केन्द्रका तिलक उप्रेति, राष्ट्रिय जनमोर्चाका पदम श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए ।