Sorry, that menu does not exist.
 

तमानखोला गाउपालिका साविक खुँखानीको मुहार फेरिँदै

छबिलाल पाण्डे बुर्तिवाङ २०७४ असोज १७ । पछिल्लो समय शैक्षिक र आर्थिक अबस्थामा परिवर्तन भएसँगै तमानखोला गाँउपालीकाको वडा नँ ५ र ६ खुँखानी गाँउको बिकास र चेतनामा परिवर्तन हुँदै जान थालेको छ । बिकासको आयाम र आर्थिक शैक्षिक अबस्थाबाट सदियौँ देखि पछाडी पर्दे आएका त्यस क्षेत्रका दलित ,जनजाती समुदायका मानिसहरु पछिल्लो समय हरेक कार्यमा चेतनशील र सभ्य एवम बिकासको माध्यमबाट समेत नजिक हुन पाएका छन् । त्यस क्षेत्रको खुँखानी, थास्पुरी, झेप्टेघाट, अन्तरधेडा, ढिकीबोट, भुमेथान, खवाङ , नर्जाखानी, भित्रिवन, पात्ले, लगाएतका क्षेत्रका करीब २ हजार मानिसको बसोबास रहेको छ । जसमध्ये करीब ३ सय ५० युवा बैदेशिक रोजगारीको क्रममा , खाडी मुलुक, कोरीया, जापान लगाएतका देशमा रोजगारीको सिलसिलामा रहेका छन् । बिगत केहि बर्ष पहिले १२ बर्ष उमेर पुग्दा केटा केटी मिलेर विवाह गर्दथे पछिल्लो समय त्यो क्रम हट्दै गएको छ । १५ । १६ बर्षको उमेरमा विवाह भईहाले पनी केटा बिदेश जाने तर केटीले आफनो अध्ययनलाई निरन्तरता दिँदै जान थालिसकेका तमानखोला गाँउपालिका वडा नँ ५ खुँखानीका वडा अध्यक्ष हिरा बहादुर श्रीपालीले बताए । स्थानीय स्तरमा आर्थिक उपार्जनको श्रोत नभएपनी त्यस क्षेत्रका करिब प्रत्यक घरदुरीबाट एक न एक जना बैदेशिक रोजगारीमा रहेका कारण आर्थिक क्षेत्रमा समेत सम्पन्नता हुँदै जान थालेका छन् । त्यस्तै सामाजिक सभ्यता, रहन सहन तथा शैक्षिक अबस्थामा समेत परिवर्तन हुन थालेको हो ।

केहि बर्ष पहिले कक्षा ५ सम्म अध्ययन गरेर बिचैमा विवाह गर्ने, पढाई छोड्ने प्रबृत्ती थियो । पछिल्लो समय अभिभाबक र स्थानीय बुद्धिजिवी बिच चेतनाको बिस्तार सँगै आफना बालबच्चालाई सानै उमेरमा विवाह गर्ने र पढाई रोक्ने प्रकृया बिस्तार हट्दै जान थालेपछि एसईई सम्मको अध्ययन पुरा गर्न थालिसकेका छन् । यस्तो बिकराल समस्या हट्दै गएको छ । तर त्यसलाई निर्मुल पार्ने आफुहरुले शैक्षिक क्षेत्रको बिकासलाई प्राथमिकतामा राखेर अगाडि बढिरहेको वडा अ्रध्यक्ष श्रीपालीको भनाई छ ।

गत बर्ष देखि बुर्तिबाङ बोङगादोभान हुँदै खुँखानी सम्म सिधा सडक सञ्जाल जोडिएपछि स्थानीयको दैनिकीमा समेत परिवर्तन आउन थालेको छ । हरेक सामान घोडा खच्चडको माध्यमबाट ढुवानी गरेर बिक्री गर्दाे महँगो मुल्यमा सामान किन्नुपर्ने बाध्यता हटेको छ । बिहान बुर्तिबाङ आएका मानिसहरु सवारी सिधा सञ्चालन हुँदा साँझ सामान लिएर गाँउ फर्किने गरेका हुन् । यस समयमा बर्षातका कारण सडक अबरुद्ध भएका कारण केहि असहजता भईरहेको छ । अब तत्कालै डोजरको माध्यमबाट सडक सफाई गरेसँगै सिधा सवारी सञ्चालनमा आउने तमानखोला गाँउपालीका कार्यकारी अधिकृत खिमबहादुर बिकले बताउनु भयो । यस बर्ष तमानखोला गाँउपालिकाले खुँखानी क्षेत्रको शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी लगाएतका बिकास निर्माणमा करीब १ करोड बजेट बिनीयोजन गरेका कारण अबका दिनमा बिस्तारै बिकासले मुहार फेर्ने र त्यहाँका मानिसहरुको चेतना स्तर समेत बिकसित हुँदै जाने वडा अध्यक्ष हिराबहादुर श्रीपालीले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply