Sorry, that menu does not exist.
 

बेनी-जोमसोम सडकको यस्तो छ दुर्दशा : बेगखोलाले ट्याक्सी बगाएर कालीमा पु-यायो !

म्याग्दी २०७४ असोज २० । सडक यातायातले मुस्ताङ जिल्लालाई छोए पछी म्याग्दी हुँदै प्रशिद्ध मुक्तिनाथ मन्दिरको दर्शन गर्न जाने यात्रु एवं पर्यटकहरुको संख्या दिनगुना रात चौगुना हिसावले बढेको छ तर सडकहरुको हालत कामचलाउ मात्र हुनाले दुर्घटनाहरु पनि त्यत्तिकै बढी रहेका छन् । सडकको मरम्मत, स्तरोन्नती गर्न तिर सरोकारवाला निकाय उदासीन देखिदा यो रुटमा चल्ने सवारी साधन एवं यात्रुहरुले पाउन सम्मकै सास्ती पाएका छन् ।

बेनीबाट मुस्ताङ जाने सडकको रहुगंगा गाउपालिका- १ पर्ने बेगखोलामा मोटरेबल पुल गत वर्षको बाढीले बगाएपछी अहिले सम्म बैकल्पिक व्यवस्था भएको छैन । सवारी साधन एवं यात्रुलाई निकै सास्ती ब्यहोर्नु परेको छ । डाईरेक्ट खोलाबाटै सवारी साधनहरु वारपार गराईन्छ । गत सोमबार मात्रै बेगखोलामा आएको बाढीले एउटा ट्याक्सी बगाएर कालीगण्डकीमा पुराएको थियो । तत्काल सबैको सहयोगबाट उद्धार गरिनाले कुनै मानवीय क्षती हुन नपाएको प्रत्यक्षदर्शीले बताए ।

बेनी-जोमसोम सडक खण्डको आवश्यक स्तरोन्नती नहुँदा दिनहुँ यात्रुहरुले सास्ती मात्र होईन, ज्यानै गुमाउनु परेको छ । बेनी-जोमसोम सडक यातायात सन्चालनमा आएयता थुप्रै डरलाग्दा सवारी दुर्घटना भएका छन् तैपनि सरोकारवाला निकाय यस तर्फ गम्भीर भने देखिदैन । यति धेरै चलनचल्तीमा रहेको बेनी-जोमसोम सडक खण्डको समयमै स्तरोन्नती गर्ने तर्फ अबिलम्व ध्यान जानु जरुरी छ ।

उता सडकको दुराबस्थाले गर्दा प्रशिद्ध मुक्तिनाथ दर्शन गरेर फर्किरहेको बस अस्ति दुर्घटना हुँदा तीन जना यात्रुको घटनास्थलमै ज्यान गएको थियो भने २० जना घाईतेहरुलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी थप उपचारकालागि पोखरा काठमाडौँ लगिएको थियो । यस अघीपनि मुक्तिनाथ दर्शन गरी फर्किरहेको बस दुर्घटना हुँदा मानवीय क्षती भएको थियो ।

तस्वीर- अर्जुन ढकाल, बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply