सुमन सुनार, २०७४ असोज २० । बिहीवार कोजाग्रत पूर्णिको अवसरमा जिल्लाका विभिन्न गाउँ र ठाउँहरुमा विविध मनोरन्जनात्मक कार्यक्रमहरुको आयोजना गरिएको छ । खासगरी जिल्लामा क्रियाशील युवा क्लवहरुले पूर्णिमाका अवसरमा यस्ता कार्यक्रमहरु सन्चालन गर्दै आएका छन् । वर्षभरमा एकचोटी मात्रै भएपनि यस्ता कार्यक्रमहरुले खेलकूद तथा स्थानीय संस्कृतिको जगेर्ना गर्न निकै सहयोग पुराएको छ ।
यसै सिलसिलामा बडीगाड गाउँपालिका – ३ दगातुंडाँडामा स्थानीय चिसापानी युवा क्लवले विजया दशमी तथा कोजाग्रत पुर्णिमाको अवसरमा आयोजना गरेको विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रमको बिहीबार ढोरपाटन नगरपालिकाका प्रमुख देव कुमार नेपालीले उद्घाटन गरेका छन् । उनले उद्घाटन भाषणमा देशको आर्थिक विकास र समृद्धि लागी जनप्रतिनिधीहरु सक्रिय हुनु पर्ने विचार व्यक्त गरे ।
नगर प्रमुख नेपालीले अर्थिक विकास र समृद्धि विना नयाँ नेपाल निर्माण हुन नसक्ने भन्दै आर्थिक विकासका मुद्दा पहिचान गरी विकास निर्माणमा लागू गर्न आवश्यक रहेको उल्लेख गरे ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगर प्रमुख नेपालीले सामाजिक ब्यक्तित्वहरु राज्यसंग सहकार्य गर्दै स्थानिय विकासमा अग्रसर हुनु पर्नेमा जोड दिए ।
यस्तै कार्यक्रममा बडीगाड गाँउपालिका १ का अध्यक्ष बोम बहादुर थापाले सामाजिक संघ संस्थाहरु राज्यसंग सहकार्य गरेर समाज परिवर्तन तर्फ उन्मुख हुन आवश्यक रहेको कुरा औल्याएका थिए ।
कार्यक्रममा खेलकुद विकास समिति बागलुङका पुर्व अध्यक्ष सुनिल सेरचन, समाजसेवी टंक पौडेल, ददिराम शर्मा, मामलाल भुसाल, सामुदायिक रेडियो परिवर्तन बुर्तिबाङका स्टेशन म्यानेजर राम नारायण सुवेदी, रेडियो बुर्तिबाङकी झरणा कँडेल लगायतको सहभागिता रहेको थियो ।
युवाहरुको चाहना, खेलकुद, समाज, आर्थिक विकास र कला संस्कृतिको जगेर्ना ः दगातुम डाँडाको सान, पुर्णिमा मेला हाम्रो पहिचान भन्ने मुल नारा सहित क्लवले पुर्णिमाको अवसरमा आयोजना गरेका प्रतियोगितात्मक कार्यक्रमहरु गत सोमबार देखी सुरु गरिए पनि कार्यक्रमको विधिवत रुपमा उद्घाटन भने विहिबार गरिएको क्लवले जनाएको छ ।
उद्घाटन कार्यक्रममा स्थानिय झाँकी प्रदर्शन, सराय नाँच, सोरठी नाँच प्रदर्शन तथा भजन कृतन र नौमती बाजाको प्रस्तुति रहेको थियो ।
त्यस्तै कार्यक्रमकै अवसरमा नगर प्रमुख नेपालीले क्लवलाई नगद रु ५१ हजार नौमती बाजालाई नगद रु ५ हजार, सराय नाँचलाई ३ हजार, भजनलाई ३ हजार, सोरठी नाँचलाई ३ हजार गरी ६५ हजार रुपैयाँ सहयोग प्रदान गरेको आयोजकले जानकारी दिए ।
युवाहरुको चाहना, खेलकुद, समाज, आर्थिक विकास र कला संस्कृतिको जगेर्ना ः दगातुम डाँडाको सान, पुर्णिमा मेला हाम्रो पहिचान भन्ने मुल नारा सहित क्लवले पुर्णिमाको अवसरमा आयोजना गरेका प्रतियोगितात्मक कार्यक्रमहरु गत सोमबार देखी सुरु गरिए पनि कार्यक्रमको विधिवत रुपमा उद्घाटन भने विहिबार गरिएको क्लवले जनाएको छ ।
क्लवका अध्यक्ष रमेश बुढा मगरको अध्यक्षता रहेको उद्घाटन कार्यक्रमको सञ्चालन हरिलाल नेपालीले गरेका थिए ।
तस्वीर- झरना कँडेल, बुर्तिवाङ ।