Sorry, that menu does not exist.
 

नवदुर्गामा कालिका मन्दिरमा रु. १६ लाख बढी संकलन, एक जोडी परेवा बाटै हजारौँ आम्दानी !

बागलुङ २०७४ असोज २० । बागलुङ कालिका देवीको प्रशिद्धी व्यापक छ । कालिका देवीप्रतिको आस्था, विश्वास एवं भक्तिभावका कारण यहाँ पूजा अर्चना र दर्शनका लागि आउने श्रद्धालु भक्तजनहरुको संख्या दिनहुँ बढिरहेको छ । कालिका देवी प्रति आस्था र विश्वास गरी मागेमा मनोकांक्षा पूरा हुने श्रद्धालुहरुको विश्वास रहेको छ । बागलुङ कालिका नेपालमै बढी बलि चढ्ने शक्तिपीठहरु मध्यको एक पीठ मानिन्छ । बडा दशैँको नवदुर्गा तथा चैत्रशुक्ल अष्टमी अर्थात चैत दशैँ पर्वमा कालिका देवीको मन्दिरमा उल्लेख्य संख्यामा बोका, राँगा, कुखुरा, सुँगुर आदिको बलि (पन्चबलि)चढ्छ ।

प्रशिद्ध कालिका देवीको मन्दिरमा नवदुर्गा अवधिमा रु १६ लाख भन्दा बढी रकम संकलन (आम्दानी) भएको छ । नवदुर्गाको पहिलो दिन देखी विजया दशमीका दिन सम्म कालिका मन्दिरमा रु ७ लाख २८ हजार रुपयाँ भन्दा बढी नगद भेटी चढेको थियो भने बलि चढाईएका बोकाको मुढ बिक्रीबाट रु २ लाख ६७ हजार र परेवा बिक्रीबाट रु ५ लाख ८८ हजार भन्दा बढी आम्दानी भएको कालिका भगवती गुठी व्यवस्थापन समितिले जनाएको छ ।

यस पटकको नवदुर्गामा ३ सय भन्दा बढी बोकाको बलि चढेको थियो भने झण्डै १४ सय जोडी परेवा उडाईएको (बिक्री गरिएको) थियो । यस आम्दानीमा राँगा, कुखुराको मुढ विक्रीको हिसाव र मन्दिरमा विवाहा, ब्रतबन्ध आदिका लागि लिईने शुल्क यस आम्दानीमा समावेस गरिएको छैन ।

पछिल्लो समय विभिन्न स्थानमा दुर्गा देवीको मन्दिर स्थापना गर्ने प्रचलन बढेपछी श्रद्धालुहरु आआफनै पायकमा रहेका दुर्गा देवीका मन्दिरहरुमा पूजादि गर्न जाने भएपनि विगत वर्षहरुको तुलनामा श्रद्धालुहरुको संख्यामा कमि नआएको समितिले जनाएको छ ।

बिगत तीन वर्ष देखी कालिका मन्दिरमा परेवाको बलि दिन रोक लगाईएकोले श्रद्धालुहरुले परेवाका जोडी कालिका देवीका नाममा चढाउने अर्थात उडाउने प्रचलन रहेको छ । यस नवदुर्गाका अवसरमा श्रद्धालुहरुले कालिका देवीका नाममा १ हजार ३ सय ९७ जोडी परेवा उडाएका छन् । श्रद्धालुहरुले कालिका मन्दिरमै आएर परेवा जोडीहरु किन्छन र उडाउछन् । श्रद्धालुहरुको आवश्यकतालाई हेरेर समितिले एक श्रद्धालुले किनेर देवीका नाममा चढाएको (उडाएको) परेवा छोपेर राख्ने अनि त्यहि परेवा जोडी अर्को श्रद्धालुलाई विक्री गर्ने प्रचलन बसालेकाले मन्दिर परिसरमा परेवाहरुको संख्या त्यति नदेखिएको हो ।

समितिले एक जोडी परेवा रु ४ सयमा श्रद्धालुहरुलाई बिक्री गर्दै आएको छ । यसरी हेर्दा एक जोली परेवा विक्रीबाटै समितिलाई हजारौं आम्दानी हुने गरेको देखिन्छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply