काठमाडौं २०७४ असोज २१ । राप्रपा अध्यक्ष कमल थापाले आगामी संघ र प्रदेशको निर्वाचन संगसंगै हिन्दुराष्ट्रको बिषयमा जनमत संग्रह हुनुपर्ने माग गरेका छन् । जनमत संग्रहको निमित्त जनदबाब सिर्जना गर्न देशब्यापी सभा र जुलुस आयोजना गर्ने बताउदै थापाले यसबाट माग सम्बोधन नभए सडक आन्दोलनबाटै नेपाललाई हिन्दुराष्ट्र घोषणा गरिने बताएका छन् ।
हिन्दुत्व पूजापाठ वा कर्मकान्डी बिषय मात्र नभएर जीवन पद्धति भएको उनको धारणा थियो । हिन्दु धर्ममा पनि धेरै कमि कमजोरी , बिकृती बिसङ्गती रहेको स्विकार्दै अध्यक्षथापाले छुवाछूत र भेदभावको अत्य हुनु पर्नेमा जोड दिए ।
थापाले हिन्दुत्व नेपालको पहिचानको बिषय भएको चर्चा गर्दै सबै धर्म प्रती सम्मान रहेको स्पष्ट पारे । सर्बधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दुराष्ट्र राप्रपाको माग हो थापाले भने ।
सो अबसरमा पार्टीको भातृ संगठनको रुपमा ूनेपाल सनातन धर्म सस्कृती संगठनको पनि बिधिबत उद्घाटन भएको छ । विभिन्न धार्मिक गुरुहरुको उपस्थितिमा भएको कार्यक्रममा नेपाली बाबाले संगठनको उद्घाटन गरे । पुष्पराज पुरुषको संयोजकत्वमा १०१ सदस्यीय तदर्थ समिती घोषणा गरिएको छ ।