कोपिला कंडेल, बागलुङ, २०७४ असोज २१ । नेपाल राष्ट्रबैंकका पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले राजनीतिक अस्थिरता आर्थिक सम्मृद्धिको बाधक रहेको बताएका छन् । उनले नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन जिल्ला शाखा बागलुङले आयोजना गरेको संघीय संरचनामा आर्थिक समृद्धिका लागि स्वाधीन अर्थतन्त्र बिषयक प्रशिक्षण कार्यक्रममा अर्थतन्त्रको बिकासकालागि राजनितिक हस्तक्षेपको अन्त्य हुनुपर्नेमा जोड दिए ।
पछिल्लो समयमा हरेक क्षेत्रमा राजनितिकरण छ पुर्व योजना आयोगका उपाध्यक्ष समेत रहेका क्षेत्रीले राजनितिमा हाबी भएको गलत संस्कारको प्रभाव उद्योग ब्यापारमा समेत परेको बताए । पछिल्लो समयमा राजनितिमा डनहरु समेत हाबी भएको उनको आरोप थियोे ।
क्षेत्रीले बढ्दो बैदेशिक पलायन, समयमा बजेट निकासा नहुनु एबं राजनितिक दाउपेचले गर्दा मुलुकलाई सम्मृद्ध बनाउन नसकेको धारणा ब्यक्त गरे । संघिय संरचना अनुसार स्थानिय तहलाई अघि बढाउनका लागि उत्पादनशिल क्षेत्रमा लगानी बढाउनुपर्ने चर्चा गर्दै उनले मुलुकको सार्वभौमकता जोगाउनका लागि सबै आर्थिक उन्नती तर्फ जुट्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठनका कार्यबाहक अध्यक्ष श्याम श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष डम्बरदेब अर्याल, प्रमुख जिल्ला अधिकारी बिष्णु बहादुर थापा, नेकपा एमालेका जिल्ला अध्यक्ष ईन्द्रलाल साप्कोटा, बागलुङ नगरपालिका अन्तर्गत वडा नम्वर २ का अध्यक्ष जीवन आचार्य, उद्योग बाणिज्य सघं बागलुङ्गका अध्यक्ष जयराम भारी, राष्ट्रिय बाणिज्य सघंका अध्यक्ष पुनम शर्मा, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रम नेपाल उद्योग ब्यापार संगठन बागलुङ्गका अध्यक्ष राज बहादुर थापाको अध्यक्षता, उपाध्यक्ष मुकेशचन्द्र राजभण्डारीको स्वागत मन्तब्य र पत्रकार राम थापा अबिरलको संचालनमा सम्पन्न भएको थियो ।