Sorry, that menu does not exist.
 

अन्तराष्ट्रिय कुस्ती प्रतियोगीतामा भारत उपाधी जित्न सफल

नवलपरासी, २०७४ असोज २२ । नवलपरासीमा जारी ४६ औँ अन्तराष्ट्रिय कुस्ती (दंगल ) प्रतियोगीताको उपाधि भारतले जितेको छ । भारत आजमगढका जितेन्द्र चौहान पहलवानले उपाधि जित्न सफल भएका हुन् ।

यसैगरी व्दितिय पुरस्कार दुई जना भारतकै खेलाडीले जितेका छन् । भारत कमाशेका पहलवान राजन मिश्रा र भारत महाराजगंज अनि शैलेश पहलवानले बिच खेल बराबरी हुदा संयुक्त रुपमा पाउन सफल भएका हुन् ।

बिजयी प्रथम पहलवानले नगद २१ हजार र व्दितिय हुने पहलवाहरुले ११ हजार सहित मेडल प्रमाण प्राप्त गरेका गरेका छन् । विराट दगंल (कुस्ती) ब्यवस्थापन समिती रामग्राम नवलपरासीद्वारा आयोजीत प्रतियोगीतामा बिजयी खेलाडीहरुलाई रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्रकुमार गुप्ताले बितरण गरेका थिए ।

लोपउन्मुख कुस्ती खेलको प्रबद्र्धनकालागी प्रत्येक बर्ष नेपाल र भारतका पहलवानहरु बिच प्रतियोगीता गर्दै आएको विराट दगंल (कुस्ती) ब्यवस्थापन समितीका मिथिलेश अग्रहरीले जानकारी दिए ।

प्रतियोगीतामा नेपाल र भारतका गरी ४० जना पहलवानहरुले प्रतिष्पर्धा गरेका थिए । सो प्रतियोगीता हरेक बर्ष नवलपरासीमा हुने गर्दछ । यस पटकको प्रतियोगीता ४३ औँ अन्तराष्ट्रिय कुस्ती प्रतियोगीता हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply