Sorry, that menu does not exist.
 

संशोधित ऐनले सहकारी क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने राज्यमन्त्री खडकाको विश्वास

सुमन जि.सी, बागलुङ २०७४ असोज २२ । सहकारी तथा गरिवी निवारण राज्यमन्त्री चम्पादेवी खड्काले सहकारी मार्फत छरिएर रहेको पुँजी, स्रोत साधानको संकलन र परिचालनको माध्यमबाट आयस्तर, उत्पादन र रोजगारीमा अभिबृद्धि भई देशको स्वाधीन अर्थतन्त्र निर्माण हुने धरणा व्यक्त गरेकी छिन ।

सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङको आठौं समृद्धि दिवस तथा सहकारी शिक्षा कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा खड्काले उक्त कुरा बताएकी हुन ।

नेपालको सहकारी अभियानले निकै उचाई प्राप्त गरिसकेको अहिलेको अवस्थामा यसलाई अझै संस्थागत र दिगो गराउनका लागि वर्तमान परिवेश संग मिल्ने ऐन आवश्यक रहेकाले भर्खर मात्र संसदबाट ऐन पारित गरिएको राज्यमन्त्री खड्काको भनाई थियो ।

संशोधित ऐनले सहकारी क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने भन्दै उनले ऐनमा सबै कुरा राम्रा छन् भन्न नसकिने र सहकारी अभियानलाई असर पर्ने खालका विषयहरुलाई संशोधन गर्दै अगाडि बढ्न सकिने कुरा समेत व्यक्त गरिन ।

कार्यक्रममा सल्लाहाकारहरुको तर्फवाट देववहादुर श्रेष्ठ, जिल्ला स्वास्थ्य सहकारी संघ लि. का अध्यक्ष सीता शर्मा, जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङका सचिव ऋषीराम गौतम, सदस्य सेवाकेन्द्रहरुको तर्फवाट बाटाकाचौर सेवाकेन्द्रका संयोजक मदनवहादुर कार्की लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमका अवसरमा संस्थाको दिगो र संस्थागत विकासको लागि शेयर तथा सदस्यता बृद्धि अभियानमा योगदान पु¥याउने शेयर दम्पतीहरु, संस्थाका शेयर सदस्यका छोरा छोरी मध्ये आ.व. ०७३।०७४ को प्लस टु परीक्षामा सर्वोकृष्ठ अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।

सोही क्रममा संस्थाका शेयर सदस्यहरु मध्येवाट ७३ वर्ष उमेर पुगेका जेष्ठ नागरिक शेयर सदस्यहरुलाई रु ७ सयका दरले पेन्सन सुविधा वितरण र संस्थावाट ऋण लगी भाखा ननघाई निरन्तर रुपमा किस्ता तथा ब्याज तिर्ने र संस्थामै निरन्तर बचत गर्ने उत्कृष्ठ कारोवारी ५० जना सदस्यहरुलाई संरक्षीत पुँजी फिर्ता कोष मार्फत रकम उपलब्ध गराईएको थियो भने उक्त कोषबाट ४६०३ जनालाई संरक्षीत पुँजी कोष फिर्ता दिईएको संस्थाका प्रवन्धक नवराज शर्माले जानकारी दिएका छन् ।

कार्यक्रमका क्रममा सहकारी शिक्षा कार्यक्रमलाई सहजिकरण गर्दै संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले ठुलो समुन्द्रमा तरङ्ग पैदा गर्न पनी ढुङ्गा हान्नुपर्ने भन्दै सिवाईसीले पनी नेपालको सहकारी अभियानमा तरङ्ग पैदा गर्न चाहेको कुरा व्यक्त गरे । सिवाईसी अव झिना मसिना कुरामा नअल्झने बताउदै अध्यक्ष पौडेलले सबैको सहयोग र तदारुकता भएमा आगामि वर्ष संस्थाले अन्तराष्ट्रिय स्तरको ऐक्सेस ब्राण्ड प्राप्त गर्ने धारण राखे ।

प्रदेश नं. ४ को उत्कृष्ठ संस्थाको रुपमा आफुलाई स्थापित गर्न सफल संस्था २०६६ चैत्र २६ गते डिभिजन सहकारी कार्यालय बागलुङमा दर्ता भई २०६७ असोज २२ गतेका दिनवाट कारोवार शुभारम्भ गरेको संस्थामा हाल १ वटा केन्द्रिय कार्यालय ६ वटा सदस्य सेवाकेन्द्र, ५४१९ जना शेयर सदस्य, १५ करोड ४५ लाख शेयर पुँजी, ३५ करोड ५८ लाख बचत, ५० करोड ५१ लाख लगानीमा रहिरहेको ऋण, ४ करोड ८३ लाख कोष र ६५ करोड बराबरको सम्पती रहेको प्रवन्धक शर्माले जानकारी दिए ।

संस्थाका अध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष गितादेवी शर्मा र सञ्चालन शिक्षा उपसमिति सदस्य वीरवहादुर किसानले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply