बिमल खड्का, बुर्तिवाङ २०७४ असोज २३ । पाक्न लागेको धानबालीलाई हावा र हुरीले ढलाई दिएपछि किसानहरु चिन्तामा परेका छन् । आईतवार चलेको हावा हुरी बतासले सयौ रोपनीमा लगाईएको धानबाली ढलाई दिएको हो ।
दुईचार दिनभित्रै धानबाली कटान गर्ने अवस्थामा रहेको बेला यसतो प्राकृतिक प्रकोपबाट बागलुङ जिल्लाको गल्कोट नगरपालिकाको मल्म, बडीगाड गाउपालिकाको खर्बाङ, खार, भीङगिठे, बल्धास लगायत आसपासको धानबाली ढलेर उत्पादन घट्ने किसानहरुले बताएका छन् ।
यसैगरी छिमेकी जिल्ला गुल्मीको विभिन्न भागहरुमा धानबाली ढल्नाले धान उत्पादनमा कमी आउने, धानको बोटमा बाला नलाग्ने चिन्ताले स्थानीय किसान पिरोलिएका छन् ।