टिकाराम भट्टराई, बुर्तिबाङ २०७४ असोज २३ । हिन्दुहरुको महान पर्व शुभ दिपावली नजिकिए सगैँ विभिन्न स्थानमा सडकको स्तरोन्नतीका कार्यहरु हुन थालेका छन् ।
तमानखोला गाउँपालीका वडा न १ बोङ्गादोभान बजारदेखी तमानखोला गाउँपालीका वडा न ६ खुंखानी जोड्ने मोटरबाटो विजया दशमी अगाबै स्तरोन्नती कार्य सक्नुपर्ने योजना अनुसार काम भईरहेको थियो तर धैरै स्थानमो पहिरोले गर्दा बाटो छियाछिया भएका कारण योजना अनुसार काम पुरा हुन नसकेको गाउँपालीकाका अध्यक्ष जोकलाल बुढाले बताए ।
ढोरपाटन नगरपालिकाको बुर्तिबाङ देखी तमानखोला गाउँपालिका सम्म जोड्ने बुर्तिबाङ ,हुन्द्रफेदी हुदै बोगांदोभान जोड्ने मोटरबाटोको स्तरउन्नती कार्य यस अगाडी नै गरि सकिएको थियो । यस पटक भने गाउँपालीकाको २४ लाख बजेटमा तिहार अगाबैै सक्ने लक्ष्यका साथ काम तिव्र रुपमा भईरहेको अध्यक्ष बुढाले जानकारी दिए ।
उक्त मोटरबाटोमा पहिरो झरेपछि तमानखोला गाउँपालीका अन्तरगतका विभिन्न वडाका स्थानीय बासिन्दाहरु दैनिक उपभोग्य खाध्यान्न र लत्ताकपडा लिन जोखिमपुर्ण यात्रा गरेर बोङ्गादोभान, बुर्तिबाङ लगायतका स्थानमा पुग्न बाध्य भएको तमानखोला गाउँपालीका का लेखापाल यम बहादुर पुनले बताए ।
गाउँपालीका अन्तरगतका केहि स्थानमा अझैसम्म पनि मोटरबाटो पुग्न नसकेको स्थानीयको गुनासो रहेको छ ।