Sorry, that menu does not exist.
 

विपन्न जनताको स्वास्थ्य सेवाका निम्ति ३ वर्ष भित्र ५० लाखको अक्षयकोष स्थापना गरिने !

बागलुङ, २०७४ असोज २५ । धौलागिरि सञ्जिवनी स्वास्थ्य सहकारी संस्था लिमिटेड बागलुङले विपन्न वर्गका जनताको स्वास्थ्य सेवामा सहयोग गर्ने गर आगामी ३ वर्ष भित्रमा ५० लाखको अक्षयकोष स्थापना गर्ने भएको छ ।

सरकारले अगाडि बढाएको स्वास्थ्य विमा अभियान जस्तै विपन्न वर्गका जनताको स्वास्थ्य सेवामा सहयोग पु¥याउन सहकारीले अक्षयकोषको अवधारणा अगाडि बढाएको संस्थाले जनाएको छ ।

सञ्चालक समितिले कोष सञ्चालनका लागि कार्यविधि तयार गरेको छ । सञ्चालक समितिले प्रस्तुत गरेको आगामी कार्ययोजनालाई तेस्रो वार्षिक साधारणसभाले पारित गरेकोले यो अभियान तत्काल सञ्चालनमा आउने संस्थाका नवनिर्वाचित अध्यक्ष डिलबहादुर कार्कीले ईबागलुङलाई बताए । उनले अक्षयकोष मार्फत विपन्न वर्गका जनताको स्वास्थ्य सेवामा सहयोग गर्नका लागि सहकार्यको माध्यम उपयोग गरिने पनि बताए ।

कोषमा संस्थाका शेयर सदस्यहरु, सरकारी तथा गैर सरकारी संघ संस्था, कार्यालय, सहकारी संघ संस्थाहरु सहित स्वेदश तथा विदेशमा रहेर सामाजिक कार्यमा अग्रसर व्यक्तित्वहरु, उद्योगी व्यवसायी लगायत सहकारी संघ संस्था र सहकारीकर्मीहरु समन्वय गरिने अध्यक्ष कार्कीको भनाई छ ।

ईबागलुङसंग कुरागर्दै सचिव रामबहादुर जिसीले कोषमा जम्मा भएको रकमको ब्याजबाट विपन्न वर्गका जनतालाई स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षामा समेत सहयोग गर्ने लक्ष्यका साथ अक्षयकोष स्थापना गरिएको र उक्त कोष परिचालनका लागि संस्थाले कार्यविधि समेत तयार गरेको बताए ।

अक्षयकोषमा रकम संकलनका लागि हाल संस्थामा रहेका २ सय जना शेयर सदस्यहरु परिचालित हुने पनि सो अवसरमा बताए । संस्थाले नाफा कमाएको निश्चित प्रतिशत अक्षयकोषमा राख्ने तथा अन्य सहयोग माग गरी रकम संकलन गरिने र उक्त कोषको ब्याजबाट रकमको अभावमा उपचार पाउन नसकेका नागरिकलाई सहयोग गरिने जिसीको भनाई छ ।

संस्थाले बागलुङ र म्याग्दीबाट दिदै आएको स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउनका लागि आन्तरिक तथा बाह्य सम्बन्ध विस्तार गर्ने, अन्तरक्रिया, गोष्ठी, जनेचतनामुलक कार्यक्रम, स्वास्थ्य शिविरहरु सञ्चालन गर्ने, विशिष्ठिकृत सहकारी संघ निर्माणको अभियान अगाडि बढाउने प्रस्ताव पारित गरेको छ । साधारणसभाको निर्णय अनुसारका काम गर्नका लागि संस्थाले एक दर्जन विभिन्न उपसमिति गठन गर्ने तयारी गरेको सचिव जिसीले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply