Sorry, that menu does not exist.
 

‘मिड टर्म’ परिक्षा : निरन्तरको परीक्षाले विद्यार्थीलाई आत्म विश्वासी बनाउँछः जिशिअ पौडेल

विजय राना, बागलुङ २०७४ असोज २५ । बागलुङका जिल्ला शिक्षा अधिकारी गुरुप्रसाद पौडेलले विद्यार्थीहरुको निरन्तर परीक्षा लिइरहँदा विद्यार्थीहरुलाई आत्मविश्वासी बनाउन सहयोग पुग्ने बताएका छन् ।

प्याब्सन बागलुङले सञ्चालन गरेको सेकेण्डरी एजुकेसन इक्जामिनेसन (एसइइ) मोडेलको ‘मिड टर्म’ परिक्षाको अनुगमन गर्दै जिल्ला शिक्षा अधिकारी पौडेलले निरन्तर लिइने परिक्षाले विद्यार्थीलाई परिक्षामा आत्म विश्वासी बनाउने, फरक विद्यालयका विद्यार्थीहरु संग परिचय हुने र मित्रता तथा सिकाई आदानप्रदानमा विकास हुने बताए ।

बुधबार धवलागिरी आवसीय माध्यमिक विद्यालयमा सञ्चालित परिक्षाको अनुगमन गर्दै पौडेलले परिक्षाले सिकाईलाई समेत प्रभावकारी बनाउने विश्वास व्यक्त गरे ।

प्याब्सनले जिल्लामा सञ्चालित ८ विद्यालयका विद्यार्थीहरुलाई २ वटा केन्द्रमा राखेर एसइइ मोडेलको ‘मिड टर्म’परिक्षा लिएको छ ।

प्याब्सन अन्तरगतका चिल्ड्रेन लाईफ, धवलागिरी आवसयीय मावि, अमर आदर्श, न्यू एभरेष्ट एकेडेमी, गरिमा आवसीय मावि, युनिभर्सल सब लाइभ एकेडेमीमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुलाई एसइइ मोडेलको परिक्षा लिइएको हो ।

धवलागिरी आवसीय माध्यमिक विद्यालय र अमृत आदर्श माध्यामिक विद्यालय गरि २ केन्द्र बनाइ लिइएको परिक्षामा ४ सय ७३ जना विद्यार्थीको सहभागिता रहेको छ । जसमा एक सय ७३ जना छात्रा र ३ सय जना छात्र समावेश छन् ।

परिक्षा अनुगमनमा जिल्ला शिक्षा अधिकारी पौडेल, जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत लोकनाथ आचार्य, प्याब्सन प्रदेश न. ४ का सचिव नवराज श्रेष्ठ, प्याब्सन बागलुङका सचिव दलबहादुर थापाको सहभागिता रहेको परिक्षा संयोजक गणेश प्रसाद शर्माले ईबागलुङलाई बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply