Sorry, that menu does not exist.
 

मनोरन्जनात्मक सांगीतिक कार्यक्रमले रातिपनि तात्छ बुर्तिवाङ …(चलदृश्य सहित )

बुर्तिवाङ २०७४ असोज २५ । बुर्तिवाङ राईजिङ्ग युवा क्लबको १५ औँ वार्षिकोत्सवका अवसरमा बुर्तिवाङमा जारी कोजाग्रत पूर्णिमा मेलाको सन्ध्याकालीन प्रस्तुतिले आज बुधवार पनि निरन्तरता पाएको छ । साँझको समयमा कलाकारहरुले एकल गीत/दोहारी गीत गाएर मनोरन्जन प्रदान गरेका छन् भने गीतको तालमा दर्शकहरुले फ्लोरबाट नाँचेर भरपूर साथ दिईरहेका छन् । दर्शक दीर्घाबाट कार्यक्रममा दिईएको साथले कार्यक्रम थप उर्जाशील बनेको स्थानीयकोे भनाई छ ।

राति ७.३० बजेपछी सांगीतिक कार्यक्रम नगर्ने सर्वदलीय सहमतिका बाबजूत कार्यक्रम तन्किएपछी र केहि अश्लील कृयाकलाप हुने लक्षण देखापरेकोले कुनै अप्रिय घटना हुन नपावस भनी सोमबार राति प्रहरी कार्यक्रम बन्द गर्न पुगेपछी आयोजक केहि असन्तुष्ट देखिएपनि तत्पश्चात कार्यक्रममा कुनै अवरोध देखिएको छैन ।

सांगीतिक कार्यक्रममा दर्शकहरुको सहभागित निकै रहने गरेको छ ।

प्रस्तुत छन, सहयोगी दिपक पराजुली, बुर्तिवाङले लिएका केहि चलदृश्यहरु

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply