Sorry, that menu does not exist.
 

७६ वर्ष उमेरका खत्री दम्पतिले घुम्ती शिविरमा लिए नागरिकताको प्रमाणपत्र

म्याग्दी २०७४ असोज २६ । म्याग्दी जिल्लाको दूरदराजका गाउँमा बसोबास गर्ने झण्डै ८० वर्ष उमेर पुग्न लाग्दा सम्म नागरिकताको प्रमाणपत्र नलिएका जेष्ठ नागरिकहरु रहेका छन् ।

सरकारले जेष्ठ नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता उपलव्ध गराउदै आएको दशक वितिसक्दापनि साविक ताकम गाविस मुनाका ७६ वर्षिय दम्पतिले नागरिकताको प्रमाणपत्र नलिएको धौलागिरी गाउँपालिका ७ ताकममा सन्चालित घुम्ती शिविरमा थाहा लागेको हो ।

धौलागिरी गाउँपालिकाको सहयोग र जिल्ला प्रशासन कार्यालयको आयोजनामा सन्चालित घुम्ती शिविरको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले धौलागिरी गाउँपालिका ३ मुनाका ७६ वर्षिय चन्द्रबहादुर खत्री र रमीता खत्रीलाई नागरिकता प्रदान गर्दै शिविरको शुभारम्भ गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply