Sorry, that menu does not exist.
 

चुनाव सार्ने षडयन्त्र बिरुद्ध लाग्न युवाहरुलाई पुनको आग्रह

कमल राना, बागलुङ २०७४ असोज २६ । अखिल नेपाल जनजाति सम्मेलन केन्द्रिय समितिका सल्लाहकार नरबहादुर पुनले पछिल्लो समयमा चुनाव सार्ने षडयन्त्र भइरहेको भन्दै त्यसका बिरुद्ध लाग्न युवाहरुलाई आग्रह गरेका छन् ।

अखिल नेपाल युवक संघ जैमिनी नगर समितिले बिनामारेमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै पुनले आगामी मसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव पछि धकेल्ने खेल भइरहेको भन्दै त्यसका बिरुद्ध लाग्न युवाहरुलाई आग्रह गरे ।

देशमा निर्वाचन नहुँदा राष्ट्र कमजोर हुने र बाह्य तथा आन्तरिक अराजक तत्वले अस्थिरता निम्ताउन खेल हुने भन्दै देशलाई गतिशिल बनाउनको लागि तोकिएकै समयमा निर्वाचन गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला सह–सचिव डिलबहाुदर दर्जी, अखिल नेपाल युवक संघ जैमिनी नगरका अध्यक्ष खगेन्द्र थापा, अखिल छैठौँका प्रदेश न. ४ का अध्यक्ष अर्जुन शर्माले शुभकामना मंतव्य व्यक्त गरेका थिए ।

भेलाले हरि पौडेलको अध्यक्षतामा २१ सदस्यीय अखिल नेपाल युवक संघ बिनामारे गठन गरेको छ । समितिको उपाध्यक्षमा यमबहादुर थापा, सचिवमा विष्णु पौडेल, सह–सचिवमा राजु विक, कोषाध्यक्ष पुष्प थापा रहेका छन्

सदस्यहरुमा कमल पाण्डे, गोबिन्द पौडेल, सदस्य राजु केसी, प्रेम पौडेल, चित्रा आचार्य, अर्जुन थापा, मेखबहादुर नेपाली, अर्जुन थापा, कृष्ण पौडेल, रेशम पौडेल, गोबिन्द कौषल, खमबहादुर परियार, ललितबहादुर थापा, नविन विक, दिपक विक रहेका छन् ।

कार्यक्रममा २१ सदस्यीय अखिल नेपाल महिला संघ समेत गठन गरिएको छ । समितिको अध्यक्षमा ममता पाण्डे, उपाध्यक्षमा बुद्धिकला थापा, सचिवमा पूर्णकला आचार्य, कोषाध्यक्षमा शर्मिला विक रहेका छन् ।

नरबहादुर मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मंतव्य गोपाल प्रसाद पौडेल र सञ्चालन ओम थापाले गर्नु भएको अखिल नेपाल युवक संघले बताएको छ ।

युवक संघको संगठनात्मक अभियान अन्तरगत तारा थापाको अध्यक्षतामा ९ सदस्यीय अखिल नेपाल युवक संघ अर्जेवा गठन भएको छ ।

समितिको उपाध्यक्षमा दिलबहादुर थापा, सचिवमा जीवन थापा, सह–सचिवमा प्रदिप थापा, कोषाध्यक्षमा धनबहादुर थापा रहनु भएको छ भने सदस्यहरुमा भुवन थापा, राजेन्द्र चालिसे, मिलन थापा, जीवन थापा रहेका छन् ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङका सह–सचिव डिलबहादुर परियार, जातिय समता समाजका प्रमानन्द विक, जनजाति सम्मेलनका हर्कबहादुर थापा, अखिल नेपाल युवक संघ जैमिनी नगरका अध्यक्ष खगेन्द्र थापा, अखिल नेपाल किसान संघका विरेन्द्र थापा, महिला संघका जिल्ला अध्यक्ष रुद्रा केसीले बोलेका थिए ।

अखिल नेपाल युवक संघका सदस्य तारा थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन विरेन्द्र थापाले गर्नु भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply