Sorry, that menu does not exist.
 

महाशिला गाउँपालिकाका सामुदायिक विद्यालयहरुमा दिवा खाजाको व्यवस्था

महेन्द्र केसी, पर्वत २०७४ असोज २७ । पर्वत जिल्लाको महाशिला गाउँपालिकामा रहेका सामुदायिक विद्यालयहरुमा विद्यार्थीको संख्या कम हुदै गएपछि गाउँपालिका अध्यक्षले सामुदायिक विद्यालयप्रति विद्यार्थीलाई आकार्षित गर्नको लागि निशुल्क खाजा खुवाउने अभियान शुरु गर्ने प्रतिबद्धता जनाएका छन् । महाशिला गाउँपालिकामा २८ वटा सामुदायिक बिद्यालय रहेका छन ।

गाउँपालिकाले बिद्यार्थी संख्खाका आधारमा सबै बिद्यालयलाई रकम निकासा गर्ने ब्यबस्था मिलाएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले बताए । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्नुका साथै विद्यार्थीलाई आकर्षित गराउनको लागि यो अभियान शुरु गरिएको उनले बताए ।

‘हरेक दिन प्रति बिद्यार्थी १० रुपैयाका दरमा खाजा दिने ब्यबस्था मिलाएका छौ’ अध्यक्ष पौडेलले ईबागलुङसंग भने ‘बिद्यार्थीको संख्या एकिन भएपछि सबै बिद्यालयमा यो लागु हुनेछ ।

दिवा खाजाको ब्यबस्था पछि सामुदायिक बिद्यालयमा बिद्यार्थीको संख्या बढ्ने र बिद्यालय छाड्ने दर कम हुने अध्यक्ष पौडेलको विश्वास छ ।

गाउँपालिकाले सबै सामुदायिक बिद्यालयमा १ देखि ३ कक्षा सम्म पढ्ने बिद्यार्थीलाई दिवा खाजाको ब्यबस्था गरेको हो । गाउँपालिकाले गाउँ परिषद मार्फत बिद्यार्थीलाई दिवा खाजा खुवाउन बजेट समेत बिनियोजन गरेको छ ।

‘गाउँका सामुदायिक बिद्यालयमाा पढ्ने धेरै बालबालिकाले खाजा नल्याउने र बिद्यालयमा पुरै समय नबिताउने समस्या रहेका बेला बिद्यार्थी आकर्षित गर्न र शैक्षिक गुणस्तर समेत सुधार गर्न खाजा खुवाउने ब्यबस्था मिलाएको हो । सबै बिद्यालयमा अनिवार्य अंग्रेजी अंग्रेजी माध्यममा पढाउनका लागि अभिभावकले निजी बिद्यालयमा छोरा छोरी पठाउने तथा बसाईसराई समेत बढेकोले सबै सामुदायिक बिद्यालयमा अनिवार्य अंग्रेजी पठनपाठन गर्ने निणर्य पनि गाउँपालिकाले गरेको छ । आगामी शैक्षिकसत्र देखि बालमैत्री कक्षा र १ कक्षामा अनिवार्य रुपमा अंग्रेजीमा अध्यापन गराईने भएको छ भने त्यसका लागि बिद्यालयका शिक्षकहरुलाई बिहान ८ बजे देखि १० बजे सम्म तालिम दिने ब्यबस्था पनि मिलाइएको अध्यक्ष पौडेलले बताए । तालिम दिने शिक्षकलाई प्रोत्साहन भत्ता तथा अतिबिपन्न बिद्यार्थीलाई पोशाक उपलब्ध गराउने गरि बजेट समेत ब्यबस्था मिलाएको छ ।

शिक्षामा गुणस्तर बढाउन बिद्यार्थीका लागि गृहकार्य डायरी, शिक्षकले अनिवार्यमा रुपमा पाठयोजना बनाएर पढाउनुपर्ने ब्यबस्था पनि गरिएको छ । पाठ योजना बनाएर नपढाउने शिक्षकलाई काबार्ही गर्ने अध्यक्ष पौडेलले बताए । त्रैमासिक र अर्धबार्षिक परिक्षा लिने ब्यबस्था पनि मिलाइएको छ । बिद्यार्थीका उत्तरपुस्तिका अभिभावकलाई पठाउने निर्णय समेत भएको छ । यसको शुरुवात गोल्र्याङ्गधाम आधारभूत बिद्यालयले शुरु गरिसकेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply