सागर कुँवर
१. बागलुङ जिल्ला वामपन्थीहरूको एउटा आधार भएको जिल्ला हो । नेपालको कम्युनिस्ट आन्दोलनमा बागलुङ जिल्लाको महत्वपूर्ण योगदान छ । जनमतका हिसाबले बागलुङमा ७०५ वामपन्थी जनमत छ । तर वामपन्थी जनमतको विभाजनका कारण विगतको निर्वाचनमा नेपाली कांग्रेसले बागलुङमा क्लिनस्वीप गरेको थियो । अब त्यो प्रकारको स्थिती दोहरिन नदिनको लागि बागलुङका वामपन्थी शक्तिहरु क्रियाशील रहेका छन । आशा गरौं, सकारात्मक परिणाम आउनेछ ।
२. बामपन्थी शक्तिहरु बिचको चुनावी तालमेल गर्ने सवालमा बागलुङमा दुई ओटा कुरामाथि विचार पु¥याउन पर्ने आवश्यकता छ । एक, सिट बाँडफाँड र दुई, आवश्यकता ।
यस अवस्थामा, अहिले केन्द्रमा बनेको एमाले–माओवादी केन्द्र गठबन्धनले केन्द्रमा बहुमतको सरकार बनाउन र बिशेष गरेर ४ नम्बर प्रदेशमा मुख्यमन्त्री सहित सरकार बनाउन त्यो गठबन्धनले साना क्रान्तिकारी दलहरुलाई साथमा लैजानु पर्दछ । ४ नम्बर प्रदेशको सवालमा यदि राष्ट्रिय जनमोर्चासङ्ग मात्र तालमेल भएन भने माके–एमाले गठबन्धनलाई मुख्यमन्त्री बनाउन गाह्रो छ । त्यस अवस्थामा, राजमोलाई बागलुङका दुई प्रदेश र एक सघ (प्रतिनिधिसभा सदस्य) दिएर जानू नै एमाले–माके गठबन्धनको लागि उपयुक्त र दीर्घकालीन हिसाबले महत्वपूर्ण हुन्छ । अन्यथा, भविष्यमा पछुताउने बाहेक अरु केही हुनेछैन ।
३. राष्ट्रिय जनमोर्चालाई निर्वाचन सबथोक होइन । निर्वाचनमा पराजय भए पनि जनमोर्चाको राजनीतिक यात्रा रोकिन्न । नयाँ जनवाद हुँदै समाजवाद साम्यवादमा पुग्ने शक्ति एउटा चुनावी हारले रोकिन्न । तर माके–एमाले गठबन्धनको उद्देश्य अहिले नै बहुमतको सरकार बनाउने हो । वैज्ञानिक समाजवादी व्यवस्था चलाउने उनीहरु जनमोर्चालाई साथमा लिएर जानु को कुनै उद्देश्य र योजना होइन । उनीहरुले गर्ने भनेको सुधारको काम नै हो । त्यस अवस्थामा उनीहरुको हितमा नै हुन्छ । त्यस सिलसिलामा एउटा यो पनि भनौँ कि, बागलुङमा जनमोर्चा एउटा प्रतिष्पर्धी शक्ति हो, ६ मा ६ जित्न नसके पनि जनमोर्चाको बलियो उपस्थिति रहनेमा कुनै शंका छैन । त्यो कुरालाई खासमा बुझ्न पर्ने एमाले–माके गठबन्धनले हो ।
४. कार्यकर्ताको तथ्याङ्क र सङ्गठनको आधारलाई हेर्ने हो भने बागलुङमा जनमोर्चा नै वामपन्थीहरुको पहिलो शक्ति हो । चुनावमा पैसा, जालझेल र षडयन्त्रलाई रोक्न सके जनमोर्चा बागलुङमा कमजोर छैन । कसैले कमजोर सोचेको छ भने त्यो कमजोर मानसिकताको उपज हो । अर्कोतर्फ जनमोर्चाका कार्यकर्तामा जत्तिको हिम्मत, जोश र जागर अरुमा छैन । यी सबै चिजको फ्युजन गरेर जाँदा जनमोर्चा एउटा वलियो शक्ति हो । वर्ग सघर्ष चलाउनको लागि सामथ्र्य राख्ने जनमोर्चालाई अरुसङ्ग तुलना गर्न मिल्दैन ।
५. अन्ततः अहिलेको निर्वाचनमा देशको प्रतिक्रियावादी शक्ति नेपाली कांग्रेसलाई पराजित गर्न र वामपन्थी जनमतको सम्मान गर्न, गणतन्त्र, धर्म निरपेक्षता र राष्ट्रियताको रक्षा गर्न, बागलुङको समग्र विकासको लागि जनमोर्चाले खेल्ने सबै भुमिका जनमोर्चाले खेल्छ, समयलाई चिन्ने नचिन्ने जिम्मा एमाले–माके गठबन्धनको हो । उनीहरु जहाँ सम्म आफ्नो दम्भ र आडम्बरलाई त्याग्न सक्छन, त्यस आधारमा नै बागलुङ वामपन्थी किल्ला बन्नेछ ।
२०७४ असोज २६
बागलुङ ।