राम सुवेदी, बुर्तिवाङ २०७४ असोज २९ । जनसञ्चार सहकारी संस्था लिमिटेड तथा सामुदायिक रेडियो परिवर्तनको तेस्रो अधिवेशन तथा सातौं साधारणसभा शनिबार बुर्तिबाङमा सम्पन्न भएको छ ।
ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले प्रमुख अतिथिका रुपमा दीप प्रज्ज्वलन गरि कार्यक्रमको उद्घाटन गरेका थिए । उद्घाटन मन्तव्यमा नगर प्रमुख नेपालीले, रेडियो परिवर्तन व्यबस्थित र सबैका बीचमा लोकप्रिय एवं विश्वसनीय सञ्चारमाध्यम रहेको बताए ।
स्थानीय स्तरमा सबैबीच सहकार्य गर्दै अघि बढेको हुँदा आवश्यक परे अरुपनि रेडियोहरु एक आपसमा मर्ज भएर व्यवस्थित हुनुपर्ने नगर प्रमुख नेपालीको धारणा थियो । अझै व्यवस्थित र समुदायकाबीचमा लोकप्रिय बन्न उनले शुभकामना व्यक्त गरे ।
यस्तै कार्यक्रममा विशिष्ट अतिथि एवं एकीकृत सेवा केन्द्र बुर्तिबाङका प्रमुख जनक थापाले, रेडियो परिवर्तन सहकारीबाट सञ्चालित भएको र सामुदायिक विकास र दुरदराजका जनतालाई सुसुचित गर्ने महत्वपूर्ण योगदानमा सहयात्रा गर्ने सबै शेयर सदस्यहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।
इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण रानाले, रेडियो परिवर्तन समुदायको सम्पत्ति भएकाले नयाँ बन्ने कार्यसमितिले यसको संरक्षण र विकासमा बढी ध्यान दिन आग्रह गरेकाछन् ।
कार्यक्रममा तुल्सीराम उपाध्याय, लोकबहादुर कुवँर, नरहरी भुसाल, चन्दै कुमार कुवँर, राम सुवेदी, भुमिराज आचार्य लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
तेस्रो अधिवेशनले सहकारी तथा रेडियोको अध्यक्षमा निमलाल पाण्डेलाई चयन गरेको छ । यस अघि उपाध्यक्ष रहेका पाण्डे अबको तीन बर्षे कार्यकालकालागि अध्यक्षमा निर्वाचित भएका हुन् ।
तेश्रो अधिवेशनले, १३ सदस्यीय कार्यकारीणी समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा टिकाबहादुर पुन, सचिवमा सहविन अर्गेजा, कोषाध्यक्षमा धनबहादुर महत, सह सचिवमा चेतनारायण पौडेल सहित अरु सदस्यहरुमा कृष्ण खनाल, धनबीर भण्डारी, रिम प्रसाद पौडेल, कृष्ण केसी, कमला पाण्डे, विमला गुरुङ, बीर बहादुर विक र लोकनाथ भुसाल रहेकाछन् ।
यस्तै अधिवेशनले लोकेन्द्र सुनारको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति चयन गरेको छ । जस्को सदस्यहरुमा भूमिराज आचार्य र मीनबहादुर महत रहेकाछन् । टीका बहादुर पुनको संयोजकत्वमा ३ सदस्यीय ऋण लगानी उपसमिति गठन भएको छ । सदस्यहरुमा टीकालाल सुवेदी र घनेन्द्र रायमाझी रहेकाछन् । नविन गुरुङको संयोजकत्वमा ५ सदस्यीय बचत उपसमिति गठन भएको छ । जस्का सदस्यमा यमकान्त पौडेल, देवनारायण बुढा, भीम भण्डारी र तेजेन्द्र भुसाद रहेका छन् ।
यस्तै मोहन विक्रम सापकोटाको संयोजकत्वमा ३ सदस्यीय ऋण असुली उपसमिति गठन भएको छ । जस्को सदस्यमा चेतनारायण पौडेल र तिलक बुढा रहेकाछन् । नरहरी भुसालको संयोजकत्वमा ३ सदस्यीय सहकारी शिक्षा उपसमिति गठन भएको छ । सदस्यमा विमला गुरुङ र मुक्ति लोहोनी रहेकाछन् । लोकनाथ भुसालको संयोजकत्वमा १९ सदस्यीय रेडियो विज्ञापन व्यवस्थापन उपसमिति गठन भएको छ । अरु सदस्यहरुमा टोपबहादुर केसी, मोविन अली, बीरबहादुर विक, लोकबहादुर विश्वकर्मा, टीकाराम पाण्डे, मनबहादुर श्रीपाली, गीर बहादुर भण्डारी, दधीकला पाण्डे, हरि पाण्डे, कमला पुरी, मिथुन पौवी, सोम बहादुर सुनार, भवेन्द्र बराल, गफ्फार अली, चेतराम पौडेल, दिनेश शर्मा, तमबहादुर विक र खडक केसी रहेका छन् ।
यस्तै संस्थाका लागि ९ सदस्यीय सल्लाहकार समिति चयन गरिएको छ । जस्मा लोकबहादुर कुवँर, तुल्सीराम उपाध्याय, ईश्वरी शर्मा, चन्द्रकुमार कुवँर, चुडाबहादुर कुवँर, नरहरी भुसाल, दीपक कुवँर, दबहादुर भण्डारी र नवराज आचार्य रहेकाछन् ।
साधारण सभा तथा अधिवेशनमा रेडियोका स्टेशन म्यानेजरले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको पञ्चवर्षिय रणनैतिक योजना अन्तरगत अवको ४ वर्षमा संस्थाको आफ्नै भवन बन्नु पर्ने छ । जस्का लागि दलबहादुर भण्डारीको संयोजकत्वमा ९ सदस्यीय भवन निर्माण कार्यदल गठन भएको छ । जस्को सदस्यमा सहकारीका अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, रेडियोका स्टेशन म्यानेजर, लेखा समिति संयोजक सहित दिपक कुवँर र नरहरी भुसाल रहेकाछन् । यो समितिले भवन निर्माणको योजना बनाई तत्काल काम सुरु गर्नेपर्ने छ ।
रेडियो व्यवस्थापनका लागि यस अधिवेशनले निवर्तमान अध्यक्ष लोकेन्द्र सुनारलाई रेडियोको प्रबन्ध निर्देशकमा चयन गरेको छ ।
अधिवेशन तथा साधारणसभामा संस्थाका सचिब धनबहादुर महतद्धारा प्रस्तुत संस्थाको आर्थिक वर्ष २०७३/०७४को प्रगति तथा २०७४/०७५का लागि भावी कार्ययोजनाका विषयमा तयार पारिएको प्रतिवेदन, कोषाध्यक्ष टीकाबहादुर पुनद्धारा आर्थिक प्रतिवेदन र रेडियोका स्टेशन म्यानेजरद्धारा रेडियोको प्रगति तथा भावी योजनाका विषयमा तयार पारिएको प्रतिवेदन पेश गरिएको थियो । प्रतिवेदन उपर छलफल गरि उपस्थित शेयर सदस्यहरुको राय सुझाव र सल्लाह अनुसार केही परिमार्जन गरि उक्त कार्ययोजना पारित भएको छ । उता ६ वर्षसम्म अध्यक्ष पदमा रहेर संस्थाको नेतृत्व गरेका निवर्तमान अध्यक्ष लोकेन्द्र सुनारले शुभकामना वक्तव्य पढेर सुनाएका थिए ।
लोकेन्द्र सुनारको अध्यक्षता रहेको उदघाटन शत्रको कार्यक्रममा निमलाल पाण्डेको स्वागत मन्तव्य तथा धनबहादुर महतको सञ्चालन रहेको थियो ।