बागलुङ २०७४ कात्तिक १ । बिशेष गरी विद्यालयमा अध्ययनरत बालबालिकाहरुको स्वास्थ्यलाई मध्यनजर गरी बागलुङमा मुख स्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य सेवा विभाग,टेकु काठमाडौंको आयोजना, जिल्ला जनस्वास्थ्य कार्यालय र जिल्ला शिक्षा कार्यालय बागलुङको संयोजनमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दैै जिल्ला शिक्षा अधिकारी गुरुप्रसाद पौडेलले मानिसमा रोग लाग्ने प्रमुख प्रवेशद्धार मुख भएकाले सरकारले मुख स्वास्थ्यको सेवा र उपचार ग्रामिण क्षेत्रसम्म पनि पु¥याउन आवश्यक रहेको बताए ।
उनले आफ्नो शरीर भित्र कुनै पनि रोग प्रवेश गर्न नदिन मुखको सरसफाई र यसको नियमित परिक्षणमा ध्यान दिनुपर्ने बताए । उनले मुख स्वस्थ्य राख्न खानेपानी सँगै अन्य खानेकुरा नियन्त्रण र सन्तुलन राख्न सकेमा धेरै कडा रोगबाट बच्न सकिने तर्क गरे ।
कार्यक्रममा जिल्लाका विभिन्न माध्यामिक विद्यालयका प्रधानध्यापक, श्रोत व्यक्ति, विद्यालय निरिक्षक र जिल्ला जनस्वास्थ्यमा कार्यरत कर्मचारीको सहभागिता रहेको थियो ।
सो अवसरमा स्वास्थ्य सेवा विभागका नवराज केसीले कार्यक्रमको बारेमा प्रष्ट पारेका थिए । कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका सहायक जिल्ला शिक्षा अधिकारी कुस्मराज उपाध्याय लगायत सहभगिले यस्तो खालका कार्यक्रमले आम सर्वसाधारणमा स्वास्थ्य शिक्षाका लागि निकै टेवा पुगेको बताए ।
वल्ड डेन्टल फेडरेसनका अनुसार फ्लोराईडयुक्र दन्त मञ्जनले दिनमा दुईपटक दाँत माझ्नाले गिजा र दाँतलाई बचाउन सकिन्छ । नियमित मुखको सरसफाईले ९५ प्रतिशत मुखको व्याक्टेरीय हटेर जाने दन्त विशेषज्ञहरु बताउँछन ।
हरेक नेपालीलाई कुनै न कुनै प्रकारको मुख सम्बन्धी समस्या छ । विषेश गरी स्कुले विद्यार्थीमा तयारी खाना खाने कारणले दाँत सडने समस्या बढी देखिएको छ । त्यसैले सानैबाट मुख स्वस्थ्य राख्न अन्य जाँच जस्तै मुखको पनि परिक्षण गरिरहुनपर्ने चिकित्सकहरुको भनाई छ ।
कार्यक्रमको सहजिकरण बिर अस्पताल काठमाडौंका डेन्टर सर्जन डाक्टर कुम्मराज जोशी र धौलागिरी अंचल अस्पतालका डेन्टर सर्जन डाक्टर मनोज महतले गरेका थिए ।
कार्यक्रम जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख मुकुन्द्र प्रसाद आचार्यको अध्यक्षता जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत लोकनाथ सापकोटाको स्वागत र जिल्ला जनस्वास्थ्य कार्यालयका स्टोर किपर तेजप्रसाद निउरेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।