Sorry, that menu does not exist.
 

गल्कोट सास्कृतिक महोत्सबको समिक्षा बैठक : महोत्सव भव्यरुपमा सम्पन्न भएको निष्कर्श !

घनश्याम गौतम, गल्कोट २०७४ कात्तिक १ । समग्र विकासको लागि नयाँ कल्पना भन्ने मुल नाराका साथ गलकोट नगरपालिकाको बाड नं ६ मजुवा फाँटमा हिमालयन म्युजिकल ईभेन्ट म्यानेजमेन्ट प्रालि पोखरा द्धारा असोज १८ गतेदेखि असोज ३० गते सम्म सञ्चालित प्रथम गल्कोट सांस्कृतिक महोत्सव भब्य रुपमा सम्पन्न भएको आयोजक संस्थाले निकर्ष निकालेको छ । महोत्सबले गल्कोटको प्रर्यटन प्रबर्धनमा महात्वपुर्ण भुमिका खेलेकोे तथा गल्कोटलाई स्मार्ट सिटिको बिकास गर्न महत्बपुर्ण भुमिका खेलको समीक्षा बैठकले निकर्ष निकालेको हो ।

महोत्सबले गल्कोटको एैतिहासिकतालाई चर्चामा ल्याएको बताउदै खेलकुद सस्कृतिको संरक्षणमा महत्वपुर्ण भुमीका खेलको बताउदै हिमालयन म्युजिकल ईभेन्ट म्यानेजमेन्ट प्रालिका सचिब मोहन केसीले महोत्सब भब्य रुपमा सम्पन्न भएको ईबागलुङ लाई बताए । महोत्सबको आन्तरीक कार्यक्रम ब्यबस्थापनको काम सम्पन्न हुने चरणमा रहको उनले जानकारी दिए ।

महोत्सब मुल समारोह समितिका संयोजक हर्क पाण्डेको अध्यक्षतामा बसेको समीक्षा बैठकले महोत्सवलाई सफल पार्न सहयोग गर्ने सम्पुर्णलाई धन्यबाद ज्ञापन गरेको महोत्सब कार्यक्रमका संयोजक होम थापाले बताए ।

यसैवीच गल्कोट नगरपालिका वडा नम्बर १ को दुदिलाभाटी युवा क्लबको बार्षिक उत्सव तथा शुभदीपावली मेला जारी छ । मेलाको दास्रो दिन सञ्चालन गरिएको खुल्ला साबिक वडा स्तरिय पुरुष भलिबल प्रतियोगितामा मालारानि युवा क्लब, थलिङ युवा क्लब समुह बि, चौराह खेलकुद परिषद, लालिगुरास युवा क्लब बिजयी भएका छन ।

कार्यक्रममा क्लबका आवद्ध सदस्यहरुले बिभिन्न साँगीतिक प्रस्तुति प्रस्तुत गरेका थिए । शुभदिपावली मेलाको अवसरमा खुल्ला सामुहिक नृत्य प्रतियोगिता, महिला रस्साक्सी प्रतियोगिता, एकल नृत्य प्रतियोगिता, घैटोफोर प्रतियोगिता, भालेछुने प्रतियोगिता आयोजना गरिएको छ ।
कार्यक्रम सफल पार्नका लागी हालसम्म करिब १ लाख भन्दा बढि सहयोग प्रात्त भएको क्बलका पुर्व अध्यक्ष सुनिल कुबरले बताए ।

बुधवार बिहान देखि भलिबल खेल सञ्चालन हुने कार्यबाहक अध्यक्ष सीतल कार्कीले बताए । कार्यक्रम रोशनी भण्डारी र सबिना कार्कीको सञ्चालनमा सम्पन्न भएको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply