सचिन्द्र श्रेष्ठ, युएई २०७४ कात्तिक १ । काभ्रे जिल्ला स्थाई घर भइ बिगत ७ महिना पहिले दुबईको एउटा रिटेल कम्पनीमा काम गरि रहेकी २१ बर्षीया सितल तामांगलाइ ७।६ महिनाको प्रि९म्याचुर बच्चाको उपचार खर्चको अभावमा अलपत्र परेकी छन।
बिबाह गर्नु भन्दा पहिला नै पासपोर्ट बनेकोले उक्त पासपोर्टमा इम्प्लाइमेन्ट भिषा लागेकोले बिबाह दर्ताको प्रमाण पत्र साथैमा भएता पनि पासपोर्टमा अविवाहित लेखिएकोले काम गर्ने कम्पनीले बच्चाको लागि इन्सुरेन्स उपलब्ध गराउन सकेन उक्त बच्चाको सम्पूर्ण अस्पतालको उपचार खर्च सितलले नै बेहोर्नु पर्ने भएको छ ।
सितलका श्रीमान नेपालमै हुनुहुन्छ, उनीहरुको बिबहा भएको डेढ बर्ष भएको छ, सितल १८ जनवरीमा दुबई आए पछी आफु बच्चा पाउने भएको थाहा भयो र ६९७ महिना पछी नेपालमै गएर डेलिभरी गर्ने योजना हुदा हुदै बिचमै अचानक पेट दुखेर अस्पताल जादा बच्चालाइ समस्या हुन सक्छ ढिला गरेमा भन्ने डाक्टरको सल्लाह अनुसार नै चाडै डेलिभरी गर्नु परेको बताइन।
७।६ महिनाको प्रि९म्याचुर बच्चाको बिगत ३ हप्ता देखि आइसीयुमा राखेर उपचार गरिंदैछ जसको शुल्क महँगो भएकोले दिनानुदिन उपचार खर्च बढिरहेको छ भने सितलको पनि स्वास्थ्य स्थिति तनाबको कारण नाजुक हुदै गएको छ। तिन हप्तामा बच्चाको उपचारको लागि १ लाख २० हजार दिरामको बिल आइ सकेको र हस्पिटलको बढ्दो बिल तिर्नको लागि आफु र आफन्तबाट हुनसक्ने र गर्न सक्ने सबै प्रयास गरि सकिएको तथा अब कुनै बिकल्प बाकी नभएर ठुलो आशा र भरोसाका साथ युएईमा रहेका नेपाली संघ९सस्था, बुद्धिजीवी सामाजिक अभियन्ताहरु, पत्रकार तथा ब्यबसायीहरु संग सहयोग माग्नुको बिकल्प नभएको सितलका आफन्तले जानकारी दिएका छन।
एउटा अबोध नेपाली चेलीको ममतालाइ सबै नेपालीहरुले सहयोग गर्नेमा विस्वास लिएकी छन सितलले, उनको पहिलो बच्चालाइ स९कुसल उपाचार गराई अस्पतालबाट घर ल्याउने अपेक्षा रहेको छ, अहिले सितल हस्पिटलमा दिनको दुई चोटी मात्रै आफ्नो बच्चालाई भेट्न जान पाउछिन, बच्चा समय नपुगी पैदा भएको हुनाले चाडो इन्फेक्सन हुन सक्ने डरले अस्पतालले अरु कसैलाई भेट्न दिएको छैन, आफ्नो बच्चालाइ साथमा राख्न नपाउनु र त्यसमाथि खर्चको अनिस्चितताले गर्दा सितललाइ मानसिक तनाब बढेको हो।
समय नपुग्दै यो सँसारमा आइपुगेँको त्यो अबोध शिशुको नयाँ जीवनको लागि अस्पतालको आइ सी यु मा सँघर्ष गरिरहेको छ, आउनुहोस हामी सबै मिलेर हातेमालो गरि त्यो अबोध शिशुलाइ यो सुन्दर संसारमा उसको बाच्न पाउने अधिकारलाइ सुरक्षित र सुनिश्चित गरिदिन सहयोग गरौं ।
हाल नेपाली समुदाय यूएईले यसको लागि सबै सँग सहयोगको अपेक्षा गरेको छ । स्मरण रहोस समुदायले अहिले तिहारको मौका मिलाएर सीतल सहयोगको लागी देउसी भैलोको आयोजना गरेको छ १
आर्थिक सहयोगका लागि-
Shital Lama
Emirates Islamic
Al Barsha Branch
Acc : 3708190462401
IBAN:AE180340003708190462401