Sorry, that menu does not exist.
 

बागलुङमा उमेदवार मनोनयन दर्ताका दिन एमालेले बृहत जनप्रदर्शन गर्ने

रबिना बोहरा, बागलुङ, २०७४ कात्तिक २ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उमेदवार बन्न सिफारिस भएकाहरु राजधानी केन्द्रीत भइरहेका बेला नेकपा एमाले बागलुङले उमेदवारी दर्ताका दिन जिल्ला सदरमुकाममा वृहत प्रदर्शनको तयारी गरेको छ ।

नेकपा एमाले जिल्ला कमिटि बागलुङको बिहीवार बसेको वैठकले मनोनयन दर्ताको दिन असोज ५ गते आइतवार बागलुङ बजारमा वृहत जनप्रदर्शन गर्ने निर्णय गरेको हो ।

पुनसंरचना अनुसार बागलुङमा कायम भएका २ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ४ प्रदेशसभा निर्वाचन क्षेत्रका उमेदवारहरुको मनोनयन दर्ताका क्रममा बृहत प्रदर्शन गर्ने वैठकले निर्णय गरेको हो ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच निर्वाचनमा सहकार्य गरेर जाने र निर्वाचन पछि पार्टी एकता समेत गर्ने निर्णय अनुसार संयुक्त रुपमा उमेदवारी दर्ता गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ ।

वैठकले निर्वाचन परिचालनका लागि विभिन्न जिम्मेवारीहरु समेत बाँडफाँड गरेको छ । वैठकले उमेदवारी दर्ताका दिन जनपरिचालन गर्ने कार्यको संयोजन गर्ने जिम्मेवारी पार्टी सचिव लालबहादुर थापालाई दिएको छ । जन परिचालनमा जिल्लास्थित सबै स्थानीय तहका पार्टीका संयोजकहरु, स्थानीय तहका जनप्रतिनिधिहरुलाई जिम्मवारी दिइएको छ ।

यस्तै वैठकले प्रचार प्रसारका लागि धनबहादुर परियार, मञ्च व्यवस्थापनका लागि जीवन आचार्य, झण्डा व्यवस्थापनका लागि भुपाल चालिसे, झाँकी व्यवस्थापनका लागि रुद्रबहादुर केसी, उमेदवार मनोनयन सम्बन्धी कार्य गर्नका लागि हरिप्रसाद शर्मालाई संयोजनको जिम्मेवारी दिएको छ ।

वैठकले बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाबाट सहभागीहरु बढी ल्याउने गरी सम्बन्धित भुगोलका संयोजक तथा सदस्यहरुलाई जिम्मेवारी दिएको छ । यस्तै अन्य स्थानीय तहबाट प्रतिनिधिमुलक सहभागिता गराउने निर्णय भएको जनाइएको छ ।

एमाले जिल्ला उपाध्यक्ष कृष्ण पाठकको अध्यक्षता र सचिव लालबहादुर थापाको सञ्चालनमा सम्पन्न वैठकमा नेकपा एमाले प्रदेश कमिटिका सद।स्य तथा बागलुङ नगरपालिकाका प्रमुख जनक पौडेल, एमाले केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागका सदस्य रामबहादुर जिसी लगायतले नेकपा एमाले नेतृत्वको बामपन्थी गठबन्धनलाई स्पष्ट बहुमत सहितको पहिलो शक्ति बनाउनका लागि निर्वाचनको मनोनयन गर्ने दिनबाटै सक्रियताका साथ लाग्न पार्टीका नेता कार्यकर्ता र शुभेच्छुकहरुलाई आव्हान गरेका छन् ।
बागलुङका दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि १ न.ं क्षेत्रबाट इन्द्रलाल सापकोटा, हिराबहादुर केसी, श्रीप्रसाद शर्मा र सूर्य पाठक सिफारिस भएका छन् । उनीहरु मध्येबाटै प्रदेश निर्वाचन क्षेत्र नं. १ क र ख मा उमेदवार बन्ने एमालेले जनाएको छ ।

प्रतिनिधि सभा क्षेत्र नं. २ बाट मोहनलाल शर्माको नाम सर्वसम्मत सिफारिस भएको छ । प्रदेश क्षेत्र नं. २ क का लागि ५ जना तथा ख का लागि दधिराम शर्मा सर्वसम्मत सिफारिस भएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply