Sorry, that menu does not exist.
 

तिहार नजिकिँएसगै ढोरपाटन नगरपालिकामा देउसी–भैलाको रौनक बढ्यो

सुमन सुनार, बुर्तिवाङ २०७४ कात्तिक २ । नेपालीहरुको दोस्रो महान पर्व तिहार नजिकिँए सगै जिल्लाको ढोरपाटन नगरपालिकामा पनि देउसी–भैलोको रौनक बढ्न थालेको छ । यहाँ स्थीत विभिन्न संघ सस्था, क्लब, आमा समुह, युवायुवती तथा राजनैतिक संगठनहरु देउँसी भैलोमा जुटेका छन ।

ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा राष्ट्रिय जनामोर्चाले काग तिहार देखि देउसी भैलो खेल्न सुरु गरेको छ । रक्तिमको संस्थागत विकाशका लागी देउसी भैलो सुरु गरिएको राष्ट्रिय जनमोर्चाले जनाएको छ ।

यस्तै बुर्तिबाङ बजारमा रहेको बुर्तिबाङ डान्स सेन्टरले पनि काग तिहारको दिन देखिनै बुर्तिबाङमा देउसी भैलो खेल्न सुरु गरेको छ । सेन्टरले तिन दिनको अन्तरालमा करिव ५० हजार बराबरको रकम संकलन भएको जनाएको छ । डान्स सेन्टरको आर्थिक विकास र कला संस्कृतीको जगेर्ना गर्ने उद्धेश्यले देउसी भैलो खेल्न सुरु गरिएको बुर्तिबाङ डान्स सेन्टरका प्रशिक्षक यादवराज भण्डारीले बताए ।

उता ढोरपाटन नगरपालिकाको वडा नं. ४ लुकुरबनमा रहेको हिल साईन युवा क्लवले पनि देउसी भैलो जारी रहेको जनाएको छ । काग तिहार देखि सुरु भएको उक्त देउसी भैलोबाट आज तेस्रो दिन अर्थात लक्ष्मी पुजाको दिन सम्म करिव ३० हजार बराबरको रकम संकलन भएको क्लवका सल्लाहकार सागर सुनारले बताए । क्लवले गाँउमा हुने विबाह ब्रतबन्धमा आवश्यक पर्ने भाँडावर्तन खरिद गर्ने, यस्तै क्लवले सञ्चालन गर्ने विविध कार्यक्रमका लागी आवश्यक पर्ने साउन्ड सिस्टम लगायतका सामाग्री खरिद गर्ने उद्धेश्यले देउसी भैला सञ्चालन गरिएको क्लवका सल्लाहकार सुनारले बताए ।

त्यस्तै निसीखोला गाँउपालिकामा पनि देउसी भैलो खेल्न सुरु गरिएको छ । जस अन्तर्गत ढोरपाटन नगरपालिका वडा नं. १ बुर्तिबाङमा रहेको जागरण युवाक्लवले निसीखोला गाँउपालिका–२ मा कुकुर तिहार देखि २ दिने देउसी भैलो सुरु गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply