सुमन सुनार, २०७४ कात्तिक ३ । निसीखोला गाँउपालिका–३ छापाखानीमा रहेको विकास चेतनशील समाजले आफ्नो प्रथम बार्षिकोत्सव तथा शुभदीपालीको अवसरमा आयोजना गरेको औंसी मेलाको बिहीवार विधिवत रुपमा उद्घाटन गरिएको छ । अयोजित प्रतियोगितात्मक कार्यक्रमहरु मंगलबार देखिनै सुरु गरि पनि कार्यक्रमको विधिवत उद्घाटन भने बिहीवार गरिएको समाजले जनाएको छ ।
विकास चेतनशील समाजका अध्यक्ष खिम शाही ठकुरीको अध्यक्षता रहेको उद्घाटन कार्यक्रममा निसीखोला गाँउपालिका वडा नं. ३ का अध्यक्ष जुनविक्रम शाहिको प्रमुख आतिथ्यता रहेको थियो ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख वडा अध्यक्ष शाहीले स्थानिय क्लवहरु खेलकुदमा मात्र नभई समाजिक कार्यमा पनि अग्रसर हुन आवश्यक रहेको बताए । उनले विकास चेतनशिल समाजले युवाहरुलाई संगठित रुपमा अगाडि बढाउदै समाजिक क्षेत्रमा समेत अग्रसर बनाउन महत्वपुर्ण भुमिका खेलेको भन्दै प्रशंसा समेत गरे । यसका साथै उनले आगामी दिनहरुमा क्लव सामाजिक कार्यहरुमा थप अग्रसर हुदै जाने आशा समेत व्यक्त गरे ।
यस्तै कार्यक्रममा सन्जु सेन, याम मल्ल, सञ्चारकर्मी मिलन हमाल लगायत राजनैतिक दलका प्रमुख एवम प्रतिनिधी, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, स्थानिय समाजसेवी, बुद्धिजिविहरुको समेत विशेष उपस्थिति रहेको थियो ।
योगन्द्र घर्ति मगरको स्वागत मन्तब्य रहेको उद्घाटन कार्यक्रमको सञ्चालन समाजका उपाध्यक्ष नईन्द्र बहादुर सेनले गरेका थिए ।
त्यस्तै समाजद्धारा आयोजित प्रतियोगितात्मक कार्यक्रमहरु अन्तर्गत आज जुनियर पुरुष भलिबल प्रतियोगिता भएको बताईएको छ । प्रतियोगितामा बिहीवार भएको खेलबाट सनराईज युवा क्वल जुग्जाखेला, आयोजक समुह ए र प्रगतिशिल युवा क्वल जिरी सेमिफाईनलमा प्रबेश गरेको समाजका अध्यक्ष खिम शाहि ठकुरीले बताए । कार्यक्रम आज पनि जारी रहने अध्यक्ष शाहीले जानकारी दिए ।