Sorry, that menu does not exist.
 

काँग्रेसबाट राज्यमन्त्री खड्का क्षेत्र नं १ मा उठ्ने पक्का, प्रदेश ‘क’ मा थापा र ‘ख’ मा पौडेल निश्चित

क्षेत्र नं २ को प्रदेश सभा ‘ख’ मा एमालेका दधिराम शर्मा निश्चित, काँग्रेसको टुंगो लाग्न बाँकी !

बागलुङ २०७४ कात्तिक ३ । विभिन्न राजनीतिक पार्टीहरुले मंसिरको १० गते पहिलो चरणमा चुनाव हुने ३२ जिल्लाका उमेदवारको टुंगोलगाउदै छन् ।

नेपाली काँग्रेसले बागलुङको १ नं क्षेत्रबाट प्रतिनिधी सभा सदस्यका लागि राज्यमन्त्री चम्पादेवी खड्कालाई उमेदवार बनाउने र प्रदेश सभा तर्फ क्षेत्र नं १ ‘क’ मा पार्टी सभापति दिपेन्द्रबहादुर थापा र ‘ख’ मा निवर्तमान सांसद प्रकाश शर्मा पौडेलको नाम टुंगाएको श्रोतले बतायो । क्षेत्र नं २ को प्रतिनिधी सभा र प्रदेश सभाका लागि उमेदवारको नाममा छलफल भैरहेका बुझिएको छ । चर्चा अनुसार क्षेत्र नं २ बाट प्रतिनिधी सभामा पूर्व सांसद निरज पुनको संभावना बढी छ भने क्षेत्र नं २ प्रतिनिधी सभामा माओवादीका चन्द्रबहादुर बुढा ‘सागर’ करीब करीब निश्चित मानिएको छ ।

उता बागलुङ जिल्लाको दुई प्रतिनिधी सभा सदस्य मध्य एमालेले १ नं र माओवादीले २ नं क्षेत्रबाट उमेदवारी दिने टुंगो लागेको छ । एमालेका पार्टी अध्यक्ष ईन्द्रलाल सापकोटा र युवा कार्यकर्ता हिराबहादुर केसी दुई जना मध्य एक प्रतिनिधी सभा र अर्का प्रदेश सभामा उम्मेदवार बन्ने लगभग पक्का भएको एमाले बृत्तमा चर्चा छ । क्षेत्र नं १ को क प्रदेश सभामा एमाले ख मा माओवादी, क्षेत्र नं २ को प्रदेश सभा ‘ख’ मा एमालेका दधिराम शर्मा निश्चित भएको र प्रदेश क मा माओवादी ख मा एमालेको उमेदवार बन्ने भागबण्डा भएपनि नामको टुंगो लागि नसकेको श्रोतले बतायो ।

उता मुस्ताङ र म्याग्दी जिल्ला प्रतिनिधी सभा सदस्य एमालेको भागमा परेको छ ।

प्रदेश तर्फ मुस्ताङका दुबै सिट एमालेले पाएको छ भने म्याग्दीको ख को सिट पाएको छ । पर्वतमा अझै टुंगो नलागेको श्रोतले बतायो ।

यसैवीच राष्ट्रिय जनमोर्चा संगको चुनावी तालमेललाई माथिल्लो तहमा कुरा चलिरहेको पनि राजमो श्रोतले बतायो । नेपाली काँग्रेस र राजमो वीच चुनावी तालमेल गर्ने प्रयास हिँजो राति असफल भएको श्रोतको दावी छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply