तिहारको चटारोले डब्बल सवारी भाडा तिरेर आवेदक बागलुङ सदरमुकाम आए !
प्रेम सुनार, गुल्मी २०७४ कात्तिक ५ । भाई टीकाको दोश्रो दिन म्यादी प्रहरीमा भर्ना छनौटको दौड लगायतका विभिन्न प्रतियोगिता हुने भए पछि आवेदन दिएकाहरुलाई यसपालिको तिहार आएन । अधिकांस आवदेकहरु भाई टिकाकै साँझ सदरमुकाम तम्घास भित्रिएका थिए भने कोही दोश्रो दिन कात्तिक ५ गते हस्याँङ्ग र फस्याँङ्ग गदै सदरमुकाम तम्घास भित्रिदै थिए ।
तम्घासको चिदीचौरमा कात्तिक ५ गते विहान भएको प्रतियोगितामा विवाहित तर पति पस्डित महिलाहरु पनि थिए । ती मध्येकी एक थिईन हस्तीचौरकी विष्णु बोहरा । आवेदक पुरुषहरु मध्ये अधिकांश विदेश गएर फर्किएकाहरु म्यादी प्रहरीमा भर्ना हुन आएका थिए । विरबास भट्टेचौरका केयरसिंह राकस दुवईमा दुई तिन वर्ष बसेर फर्किएको र म्यादी प्रहरी तहको जागिर सधै स्वदेशमा पाए आफु विदेश नजाने बताउँदै थिए ।
युवाहरु मध्ये धेरै जसो कक्षा १० उत्तिर्ण गर्न नसकेका थिए भने युवतीहरु स्नातकको परिक्षा दिएर बसेका बढी थिए । ती मध्ये लिम्घा एक्सिङ गाउँकी नविना सारु वेरोजगारीको समस्याले म्यादी प्रहरीमा आएको बताउँदै थिईन् । गुल्मीको म्यादी प्रहरीमा छिमेकी जिल्ला अर्घाखाँचीबाट पनि आएका छन् । ती मध्येकी सीता पुरी पनि स्नातक दोश्रो वर्षमा अध्ययन गर्दै रहेको बताउँदै थिईन् ।
कुर्घाबाट आएकी रञ्जु थापा र तम्घासकै रिता खत्री विवाहित हुन । आफुहर भने पति पीडित नभएको र जागिर खाने रहरले आएको बताउँदै थिए । भर्ना छनोट प्रतियोगितामा निमित्त जिल्ला प्रहरी प्रमुख डिएसपी गंगाबहादुर थापा आफै खटिएका थिए । जम्मा १ हजार ८४ जना लिनु पर्नेमा त्यसको दोव्वर भन्दा बढि २ हजार २ सय ४४ जनाको आवेदन परेको उनले बताए ।
ती मध्ये पुरुषको संख्या १८ सय ५३ र महिलाको संख्या ३ सय ९३ रहेको र एउटा केन्द्रमा अनिवार्य एक जना महिला रहनु पर्ने भएकोले १ सय ८३ जना महिला लिनै पर्ने उनले बताए । आज पहिलो चरण भएको र कात्तिक १० गते सम्म छनौट भई सक्ने उनले बताए । दौड प्रतियोगितामा पुरुष जतिकै महिलाहरु समय सीमा भित्र उतिर्ण भएको देखिन्थो । तर सेटअपमा भने निकै कम्जोर देखिन्थे ।
तिहारको चटारोले डब्बल सवारी भाडा तिरेर आवेदक बागलुङ सदरमुकाम आए !
यता बागलुङ जिल्लामा सदरमुकाम टाढा देखी आउने म्यादी प्रहरीका आवेदकहरु भने तिहारको टीको टालो हतार हतार सकी डब्बल सवारी भाडा तिरेर कोहि हिँजो साँझ अबेर सम्ममा र कोहि अहिले विहान सदरमुकाम आईपुगेका छन् ।
सहकर्मी डम्मर बुढामगरले पठाएको समाचारमा टाढाबाट आउने आवेदकहरुलाई एकातिर तिहारको चटारो अर्कोतिर कात्तिक ५ गते विहानै फिजिकल लगायत विभिन्न कार्यलाई बागलुङ बजार नआईपुगी नहुनी त्यस्मा सवारी साधनले डब्बल त्रिबल भाडा तिरेर आउनु पर्दा आवेदकहरुलाई निकै समस्या परेको देखियो ।
पश्चिम बुर्तिवाङ क्षेत्रका एक आवेदक चेतन बुढा मगरले ‘टीका त साईत नहुदै लगाएर हिडियो सदरमुकाम आउने गाडीले मनपरी भाडा लिएको गनासो पोखे ।
बुर्तिबाङदेखी बागलुङसम्म ७ सय भाडा दर तोकिए पनि अहिले १ हजार भन्दा बढी भाडा तिरेर बागलुङ आएको उनिहरुको भनाई छ । आफुलाई चटारो परेपछी जति भाडा भनेपनि नतिरी भएन उनिहरु भन्छन् ।
यस पटक बागलुङ जिल्लाबाट १ हजार ४ सय ६९ जनाले आवेदन दिएका छन् ।जसमा १२ सय ३३ पुरुष र २ सय ३६ जना महिला रहेका छन् ।
तस्वीरः दौड पछि सेटअप गर्दै महिलाहरु, गुल्मी