थम्मन थापा सन्देश, गल्कोट २०७४ कात्तिक ६ ।ग्रामीण क्षेत्रमा यति बेला धान काटेर गहॅु छर्ने चटारो छ । गाउॅमा पहिले पहिले जस्तो पर्याप्त हल गोरु देखिन छाडिसके । जनशक्तिको अभाव सॅगै गाउॅ गाउॅमा सडक विस्तार भएपछि प्रविधिको प्रयोग ह्वात्तै बढेको छ । जसका कारण हिजो आज परम्परागत गोरु पाल्ने प्रचलन हराउन थालेको छ । अहिले कृषकहरु खेतबारी जोत्न हलो गोरु नभएर मिनी कल्टीभेटर प्रयोग गर्न थालेका छन ।
पछिल्लो समयमा बागलुङको गल्कोट क्षेत्रबाट विदेशिने युवाहरु को संख्या बढदै गएपछि गाउॅमा गोरु पाल्ने कृषकको संख्या घटदै गएको हो । गलकोट क्षेत्र बाट जापान, अमेरिका, क्यानडा, अष्ट्रेलिया सॅगै खाडी मुलुक कतार, युएई, मलेशिया जानेको संख्या दिनहुँ बड्दै गएको छ । श्रीमान विदेश गएपछि श्रीमती पनि सॅगै विदेशिने प्रचलन बढेपछि गाउॅमा गोरु पाल्ने मान्छेको अभाव हुन थालेको हो।
गोरु र हली पाउन कठिन हुन थालेपछि मिनी कल्टीभेटर हलो प्रति आकर्षण बढदै गएको गल्कोट नगरपालिका ७ मल्मका पूर्व वडा अध्यक्ष ह। टिका बहादुर थापाले बताए । गल्कोट क्षेत्रमा अहिले एक हल गोरु प्रयोग गरेबापत एक दिनको १५ सय रुपैया तिर्नु पर्दछ । मिनी हलो कल्टीभेटरको प्रति घण्टा रु १ हजार भाडा रहेको मिनि हलो कल्टीभेर व्यावसायी गलकोट नगरपालिका ६ मजुवाका किसान बुढाथोकीले बताए। मिनी हलोले एक दिनमा १० लिटर सम्म डिजेल खपत गर्छ । मेसिन मार्फत दैनिक १० देखि १२ हल गोरुको काम ९ खेतबारी जोत्ने ० गर्ने बुढाथोकीले बताए।
अहिले गलकोट नगरपालिकामा ठुला ५ मिनि हलो कल्टीभेटर रहेका छन भनें साना ५ र ७ वटा रहेका छन । मिनी हलो कल्टीभेटर प्रयोग गर्दा खेतलाले डल्ला फोडन नपर्ने र माटो पनि हलुका हुने गर्दछ । एक हल गोरुको दिनभरको मेलो एक डेढ घण्टामै जोत्न सकिने भएकोले कृषकलाई यसले थप राहत मिलेको छ । गोरु औंशी पूर्णिमामा बारिने भएकोले पनि यसको लोकप्रियता बढदै गएको छ । पहाडी क्षेत्रमा खेतबारीका ढिकहरु अग्ला हुने भएकाले खेतबारी सम्म मेसिन लान र ल्याउन भनें अलि असहज हुने गरेको बुढाथोकीको भनाई रहेको छ । अहिले ग्रामीण क्षेत्रमा धान काटेर गहुन् छर्ने चटारो छ ।