महेन्द्र केसी, पर्वत २०७४ कात्तिक ७ । सदस्याता नविकरणको समयावधि सकिएपनि राजनीतिक दलीय स्वार्थमा लागेर नविकरण नरोकेको भन्दै पर्वत उद्योग वाणिज्य संघ विरुद्ध उजुरी परेको छ ।
गत असोज मसान्त सम्म नयाँ सदस्य बनाउन पाउने वैधानिक व्यवस्था लत्याएर संघका पदाधिकारीहरुले घरैवाट सदस्यता नविकरण गरेपछि उवासंघकै पदाधिकारीले जिल्ला प्रशासन कार्यालय पर्वतमा उजुरी दर्ता गरेका हुन् ।
हरिओम शर्मा लामिछाने नेतृत्वको कार्यसमितिले अबैधानिक तरिकाबाट सदस्यता नविकरण गरी आगामी चुनावलाई प्रभाव पार्नको लागि ७ ठेली सदस्यता नविकरण कार्ड गायब बनाएपछि यतिबेला उवासंघमा खैलाबैला मच्चिएको छ ।
उवासंघकै अध्यक्ष, महासचिव सहितको टोलीले एकाएक सदस्यता नविकरण रसिदको ठेली लुकाएर घरबाटै गैरकानूनी तरिकाबाट वितरण गरेको भन्दै उवासंघ का उद्योग उपाध्यक्ष शिव शर्मा पौडेलले जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गरेका हुन् ।
आगामी पु महिनामा हुन लागको पर्वत उद्योग वाणिज्य संघको अधिवेशनमा मत प्रभावित पर्ने गरी प्रक्रिया नपुगेका सदस्यहलाई सदस्य बनाईएको भन्दै पौडेलले छानवीनका लागि उजुरी दिएको बताए ।
उद्योग बाणिज्य संघ पर्वतका महासचिव ठाकुर वि पौडेलले घरै वाट सदस्यता नविकरण गरेका कारण आफुले आवश्यक छानवीनका लागि आवेदन दिएको उद्योग उपाध्यक्ष पौडेलले आरोप लगाएका छन् । प्रशासनमा दिएको उजुरीमा ७ सय ७१ देखी ८ सय, ८ सय ५१ दोखी ९ सय , ९ सय १ देखी ९ सय ५०, १२ सय ५१ देखी १३ सय ,१३ सय १ देखी १३ सय ५० ,र १३ सय ५१ देखी १४ सय नविकरण रसीद पदाधिकारी मार्फत गायव गराएर अबैध रुपमा लुकाएर उक्त हर्कत देखाएको व्यापारीहरुको आरोप छ।
उवासंघका पछिल्ला गतिविधिमा पारदर्शिता नदेखाएका कारण १७ सय ६३ व्यापारीहरु आवद्ध संस्थामा नेतृत्व हत्याउनको लागि अनेक उपाय लगाउने र त्यसको गलत प्रयोग बढ्दै गएको पनि देखाएको छ ।
उद्योग बाणिज्य संघ पर्वतले पर्वत महोत्सवमा समेत ठूलै घोटला गरेको हुन सक्ने देखिएको छ । आशिंक रुपमा कारोबारको हिसाब किताब मिलान गरेको देखाउने गरेको उद्योग बाणिज्य संघ पर्वतले विगतमा बर्षमा आयोजना गर्ने महोत्सवमा ठूलै आर्थिक रुपमा चलखेल र अनियमितता गर्दै आएको थियो । पदाधिकारीले भनेको समयमा सुचना दिन नसक्दा समस्या भएको उवासंघले स्वीकार गरेको छ । गलत कामलाई प्रसय दिदै हिडेको उवासंघको अहिले कोषाध्यक्ष र महासचिवको कार्यकक्षमा ताला लगाइएको छ । यसले उवासंघभित्र ठूलै चलखेल र घोटला हुने गरेको आशंकालाई थप मलजल गरेको छ ।