Sorry, that menu does not exist.
 

बाम घटकका तीन बागीहरुले घुँडा टेके ! चुनावी प्रचार अभियानमा बाम चुस्त, काँग्रेस सुस्त !

बागलुङ २०७४ कात्तिक ८ । मंसिर १० गते हुने प्रतिनिधी र प्रदेश सभा सदस्यको पहिलो चरणको निर्वाचन कार्यक्रम अनुसार उमेदवारले आफनो नाम फिर्ता लिने आज विहान १० बजेदेखी दिउसो १ बजेसम्म र उमेदवारको अन्ति नामावली प्रकाशन दिउसो ३ बजे देखी ५ बजसम्म तोकिएको छ ।

बागलुङ जिल्लाको निर्वाचन माहौललाई नियाल्दा नेपाली काँग्रेस र वाम गठवन्धन वीच नै प्रतिष्पर्धा हुने निश्चित छ । अन्य दलहरुका उमेदवारहरु तपसीलमा रहेका छन् ।

बाम घटकबाट तीन जना बागीहरुले उमेदवारी दिएका छन् । काँग्रेसमा बागी उमेदवार नभएपनि मणिभद्र शर्मा कँडेलको बिद्रोह भने छताछुल्ल भएको छ । बामशक्ति, बागीहरुलाई थामथुम पार्न भरमग्दूर प्रयास छ भने काँग्रेसभित्र पूर्व पार्टी सभापति मणिभद्र कँडेलको बिद्रोहलाई उनको पुरानो शैलीको रुपमा विश्लेषण गर्दै संझाई बुझाईमा रहेको देखिन्छ ।

श्रोतका अनुसार, बाम बागीहरुले आज दिउँसो ३ बजे भित्र घुँटा टेक्दैछन् । क्षेत्र नं २ को ‘ख’ प्रदेशसभा सदस्यमा बामघटकका आधिकारिक उमेदवार राजमोका टेकबहादुर घर्ती बिरुद्ध बागी उम्मेदवारी दिएका पूर्व माओवादी केन्द्रका नेता, स्थानीय तहको निवार्चनमा एमाले बनेका बुर्तिवाङका दधिराम शर्मा अर्याल, क्षेत्र नं २ बाट प्रतिनिधी सभासदस्यका आधिकारिक उमेदवार देवेन्द्र पौडेल विरुद्ध बागी उम्मेदवारी दर्ता गराएर केहि समय चर्चा बटुल्न सफल माओवादी केन्द्रका नेता ताराखोलाका धनबहादुर बिक ‘हिमाल’ र गल्कोट नगरपालिका दुदिलाभाटीका राजमो कार्यकता गंगाबहादुर थापा ‘सागर’ले उमेदवारी फिर्तालिने कुरामा बाम घटक ढुक्क रहेको छ । तीनै जना बागीहरुको हिँजै राति चित्त बुझाई सकिएको बाम नेताहरुले बताएका छन् ।

निर्वाचन क्षेत्र २ बाट नेकपा एमाले नील बनेको भन्दै गत शनिवार बुर्तिवाङ बजारमा भएको एमालेको बृहत् भेलाले पार्टी नेतृत्वलाई निर्णय सच्याउन दबाब दिँदै नसच्याए प्रदेश सभा सदस्यमा गठबन्धनबाट आधिकारिक उमेदवार बिरुद्ध स्वतन्त्र उमेदवारी दिने सर्वसम्मत निर्णय गरे अनुसार ख प्रदेश सभाका लागि बागी उमेदवारी दर्ता गरेका दधिराम शर्मा अर्यालले नाम फिर्ता नलिने त्रासमा बाम घटक थियो ।

निर्वाचन प्रचार अभियानमा बाम गठवन्धन चुस्त देखिएको छ । नेपाली काँग्रेसको लोकतान्त्रिक गठबन्धन भने बामको तुलनामा चुनावी प्रचारमा सुस्त रहेको छ ।

काँग्रेस निकट श्रोतका आफना बुबाको वार्षिक कार्यमा काठमाडौमा रहेकी राज्यमन्त्री चम्पादेवी खड्का र राजधानीमै रहेर आन्तरिक बिद्रोहमा उत्रिएका मणिभद्र कँडेल जिल्ला फर्किएपछी चुनावी अभियानले व्यापकता लिने छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply