Sorry, that menu does not exist.
 

समाजबाद उन्मुख संविधान कार्यान्वयनका लागि बाम गठबन्धन आवश्यक : वक्ताहरु

राम सुबेदी, बुर्तिवाङ २०७४ कात्तिक १० । बागलुङ जिल्लाको २ नं. निर्वाचन क्षेत्र अन्तरगतको २ नम्बर प्रदेश क्षेत्रका तीन बाम पार्टीहरुबीच आज चियापान कार्यक्रम सम्पन्न भएको छ । ढोरपाटन, तमान निसीखोला कलस्टरमा बाम पार्टीका साझा उमेदवार टेकबहादुर घर्तीको उपस्थितिमा गरिएको चियापान कार्यक्रममा नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका नेतृत्व तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

चियापान कार्यक्रमसँगै बाम तालमेलबाट २ नं. निर्वाचन क्षेत्र तथा प्रदेश क्षेत्रबाट बनेका साझा उमेदवारहरुलाई अत्यधिक बहुमतका साथ आगामी निर्वाचनमा विजयी बनाउनु पर्ने दायित्व नेतृत्व वर्ग र कार्यकर्ता बर्गमा आएको बताएका छन् । बाम पार्टीहरुमा समाजवाद उन्मुख संविधान कार्यान्वयनको समेत अभिभारा रहेकाले बागलुङ जिल्लाका सबै उमेदवारहरुलाई बहुमतका साथ विजयी बनाएर पठाउनु पर्ने तीनवटै पार्टीका कार्यकर्ताहरुको जिम्मेवारी रहेको उनीहरुले बोलेका छन् ।

बागलुङ जिल्ला बामपन्थी जनमत भएको जिल्ला भएको र विभिन्न निर्वाचनमा ६२ प्रतिशत भन्दा बढी बामपन्थी विचार भएका पार्टीहरुले ल्याएको जनमतले जित्ने सुनिश्चत रहेकाले यो सन्देश आम कार्यकर्ता मार्फत जनता समक्ष लैजानु पर्ने नेताहरुले भनेका छन् ।

बागलुङका तीन शक्तिशाली बामपार्टीहरु एक ठाउँमा एकीकृत भएर निर्वाचनमा होमिने भएकाले भारी मतले बिजयी हुने उनीहरुको दावी छ । यो माहोलले आम जनतामा समेत सकरात्मक सन्देश दिएको भन्दै सबै जनताले बामपार्टीका साझा उमेदवारहरुलाई विजयी बनाएर जानु पर्नेमा आह्वान गर्ने तीन पार्टिका नेताहरुको भनाई छ ।

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय आयोजक समिति सदस्य तुल्सीराम अर्याल, नेकपा एमालेका ४ नं. प्रदेश संघिय मामिला सदस्य टंक प्रसाद पौडेल, राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य तथा जिल्ला समन्वय समिति बागलुङका संयोजक राजेन्द्र ढुँगाना, ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली, उपप्रमुख कर्मती पुन, वडा नं. १ का वडा अध्यक्ष चित्रबहादुर भण्डारी, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य गौरीश्वर पाण्डे, एमाले ढोरपाटन नगरपालिका सचिव ज्ञान प्रसाद कँडेल, उपसंयोजक केशर छन्त्याल, माओवादी केन्द्रका ढोरपाटन नगर अध्यक्ष चन्द्रलाल अर्याल, राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य दुर्गादेवी घर्ति मगर, अखिल नेपाल युवक संघ जिल्ला अध्यक्ष भिमसेन बन लगायतका उपस्थित कार्यकर्ताहरुले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा बाम गठबन्धन बागलुङ क्षेत्र नं. २ अन्तरगत २ नं. प्रदेशका साझा उमेदवार टेकबहादुर घर्तीले, जसरी बामपार्टीहरुले बागलुङ जिल्लामा साझा उमेदवार बनाएर चुनावी मैदानमा उतारेका छन् । उनीहरुको साझा घोषणा पत्र र जनताका आवश्यकताका आधारमा भोली विकास निर्माणमा समेत साझा एजेन्डा बनार विकास निर्माणमा जानु हाम्रो साझा दायित्व रहेको बताए । आफूले जितेर जाँदा सबैका भावना, चाहना र आवश्यकतालाई इमान्दार रुपमा पालना गर्दै जाने, जनताको मतको हरदम कदर गर्दै जनचाहना अनुसार नै अघि बढ्ने उहाँको प्रतिवद्धता मन्तव्य रहेको थियो ।
कार्यक्रम नरहरी भुसालको सञ्चालनमा सम्पन्न भएको थियो ।

यसैवीच राष्ट्रिय जनमोर्चाले आजै ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमान गाउँपालिका स्तरीय अगुवा कार्यकर्ता भेला बुर्तिबाङमा सम्पन्न गरेको छ । भेलाले आगामी मंरि १० गते हुने संघ तथा प्रदेश स्तरीय निर्वाचनमा आफ्नो पार्टि संयुक्त बाम गठबन्धनमा सामेल भएकोले आगामी निर्वाचनमा बाम गठबन्धनका उमेदवारहरुलाई जसरी पनि विजयी बनाएर छाड्ने प्रतिवद्धता सहित कार्ययोजना निर्माण गरेको छ ।

संयुक्त बाम गठबन्धनसँगै प्रदेश नं. २ मा आफ्ना पार्टिका तर्फबाट उमेदवार बनेका टेकबहादुर घर्ती मगर तथा संघमा माओवादी केन्द्रका तर्फबाट बाम पार्टिका साझा उमेदवार बनेका देबेन्द्र पौडेललाई विजयी बनाएर लैजाने महत्वपूर्ण अभिभारा राष्ट्रिय जनमोर्चाका कार्यकर्ता नेता तथा समर्थकमा रमेत रहेकाले उक्त जिम्मेवारीलाई इमान्दार पूरा गर्नु पर्ने निर्णय सहित प्रतिवद्धता मन्तव्य राखेका छन् ।
राष्ट्रिय जनमोर्चा ढोरपाटन नगरपालिकाका संयोजक धनबहादुर अदैको अध्यक्षता, राष्ट्रिय जनमोर्चाका नेता तथा जिल्ला समन्वय समिति बागलुङका संयोजक राजेन्द्र ढुँगानाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विभिन्न जनवर्गिय संगठनका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

भेलाले आगामी निर्वाचनमा राष्ट्रिय जनमोर्चाका तर्फबाट जनस्तरसम्म उमेदवार सहित भेटघाट गर्ने, स्थानीय कमिटिका सबै कार्यकर्ता परिचालन गर्ने मदतान गर्ने तरिका सिकाउने, जनतालाई बामगठबन्धनमा सामेल गराउन आह्वान गर्ने, प्रचार प्रसारलाई तीव्र पार्ने, निर्वाचन आचार संहिताको पूर्ण पालना गर्दै आचार संहिता मिच्ने दललाई सचेत बनाउने, संयुक्त बाम गठबन्धनमा रहेका माओवादी केन्द्र, एमालेका कार्यकर्तासँग स्थानीय स्तरमा समन्वय गरि परिचालित हुने गराउने लगायतका निर्णयहरु गरिएको राष्ट्रिय जनमोर्चा निसीखोला गाउँपालिकाका संयोजक खिम विक्रम शाहीले बताए ।

यस्तै निर्वाचनमा तिनवटै बाम पार्टीका युवाहरुलाई जनस्तरसम्म परिचालित गरि निर्वाचनको परिणम ल्याउन हरदम प्रयत्नरत रहन युवापरिचालनमा ध्यान दिने तमानखोला गाउँपालिका डोरबहादुर क्षेत्रीले बताए ।
कार्यक्रममा प्रदेश उमेदवार घर्तीले आफू बामपार्टीकै साझा उमेदवार भएकाले सबैसँगको सहकार्य र समर्थन आवश्यक रहेको भन्दै सहकार्यका लागि राष्ट्रिय जनमोर्चा अझै सक्रिय हुनुपर्नेमा जोड दिए ।

भेलामा राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्यहरु गौरीश्वर पाण्डे, खीम विक्रम शाही, थम्मनबहादुर घर्तिमगर, अखिल नेपाल युवक संघका जिल्ला अध्यक्ष भिमसेन बन, जातिय समता समाजका जिल्ला उपाध्यक्ष पनबहादुर विक, अखिल नेपाल सिक्षक संघ जिल्ला सदस्य लोकेन्द्र सुनार, जनजाति सम्मेलनका तमबहादुर घर्ति, प्रगतिशिल पत्रकार संघ जिल्ला अध्यक्ष रामनारायण सुवेदी, जनप्रतिनिधिहरुमा ढोरपाटन नगरपालिका वडा नं. २ का वडा अध्यक्ष युवराज महत, वडा नं. ४ का वडा अध्यक्ष तिलक पुन, वडा नं. ७ का वडा अध्यक्ष दिपक थापा, कार्यपालिका सदस्यहरु नरबहादुर सुनार, थमबहादुर छन्त्याल, निसीखोला गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष जुनविक्रम शाही गायतको आतिथ्यता रहेको थियो ।

राष्ट्रिय जनमोर्चा जिल्ला समिति बागलुङका सदस्य दुर्गादेवी घर्तिको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन दुर्गा भण्डारीले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply