Sorry, that menu does not exist.
 

बाउवा संघ इकाई बुर्तिबाङको पहलमा १ लाख ३० हजार राजश्व संकलन

सुमन सुनार, बुर्तिवाङ २०७४ कात्तिक १० । बागलुङ उद्योग वाणिज्य संघ इकाई बुर्तिबङको पहलका बुर्तिबङ क्षेत्रका सावा व्यवसायीहरुबाट १ लाख ३० हजार कर संकलन गरिएको छ । पश्चिम बागलुङको ढोरपाटन नगरपालिका, बडिगाड गाउँपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकामा २० लाख भन्दा कम कारोवार गर्ने व्यवसायीहरुबाट संकलन भएको उक्त कर रकम नेपाल बैंक बुर्तिबाङ शाखा मार्फत करदाता सेवा कार्यलयमा बुझाइएको उद्योग वाणिज्य संघ इकाई बुर्तिबाङका महासचिव रामनारायण सुवेदीले बताए ।

करदाता सेवा कार्यालय बागलुङको समन्वयमा बुर्तिबाङ बजार स्थित उद्योग वाणिज्य संघको कार्यालयमा संकलन गरिएको उक्त कर रकम राजश्वमा जम्मा गरिएको हो । संघले सबै साना व्यवसायीलाई कर संकलनसम्बन्धी सूचना जारि गरि उक्त कर संकलन गरिएको संघका महासचिव सुवेदीले बताए ।

असोज मसान्तसम्ममा कर रकम संकलन गरि करदाता सेवा कार्यलयमा बुझाउनु पर्ने भएकाले यहाँका ५३ जना करदाताबाट संकलन भएको रकम राजश्व खातामा दाखिला गरिएको छ । पौष मसान्तसम्ममा केही जरिवाना तथा हर्जना सहित छुटेकाले बुझाउन सकिने करदाता सेवा कार्यालयले जनाएको छ ।

२० लाख भन्दा कम कारोवार गर्ने साना व्यवसायीहरु नगरपालिकाको कार्यालयमा भए २ हजार पाँच सय लाग्ने छ । यसमा ५ सय रुपैयाँ उद्योग वाणिज्य संघले कर्मचारी खर्च बापतको सेवा शुल्क लिने गरेको उद्योग वाणिग्य संघले जनाएको छ । उता गाउँपालिका भित्र गरिएको व्यवसायको हकमा भने १ हजार ५ सय कर लाग्ने व्यवस्था छ । आश्विन मसान्तसम्ममा कर नतिरेकाहरुले कार्तिक मसान्तसम्ममा तिर्न सक्ने छन् । त्यसकालागि कर रकम भन्दा बढी ढिलाई जरिवाना १ सय थप र ३२ रुपैयाँ व्याज सहित २ जार ६ सय ३२ रुपैयाँ कर रकम र अघिल्लो वर्षको कर तिरेको रसिद वा नतिरेको भएपनि कहिलेसम्म नतिरेको हो करदाता सेवा कार्यालययको जानाकारी अनुसारको कर तथा हर्जना र व्याज रकम सहित उद्योग वाणिज्य संघमा आइ कर तिर्न सकिने व्यवस्था मिलाइएको उद्योग वाणिज्य संघका महासचिव सुवेदीले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply