Sorry, that menu does not exist.
 

४ करोड बढिको कारोबार सार्वजनिक गर्दै महिला उद्यमशीलता सहकारीको साधारण सभा सम्पन्न

कोपिला कंडेल, बागलुङ २०७४ कात्तिक ११ । महिला उद्यमशीलता सहकारी संस्था बागलुङको १९ औ साधारण सभा आज सम्पन्न भएको छ ।

साधारण सभाको उद्घाटन गर्दै संस्थाका प्रधान संस्थापक संरक्षक एबं साहित्यकार प्रेम छोटाले महिला सशक्तिकरणका लागि महिला उद्यमशीलता सहकारी संस्थाले महत्वपुर्ण भुमिका निवार्ह गरेको बताए । सहकारी मार्फत महिला लगायत पिछडिएको वर्ग र क्षेत्रको उथ्थान हुनुपर्ने चर्चा गर्दै संस्थापक संरक्षक छोटाले सहकारीको सिद्धान्त र आदर्श अनुसार संस्थालाई अगाडी बढाउन सुझाव दिए ।

सो अवसरमा संस्थाका सल्लाहकार कृष्ण शंकर श्रेष्ठ, सहकारीका संस्थापक अध्यक्ष ईन्द्र श्रेष्ठ, डिभिजन सहकारीका दुर्बल काजी राजभण्डारी, पत्रकार महासघं बागलुङ शाखाका सल्लाहकार कोपिला कंडेल र संस्थाका शेयर सदस्य बिना कार्की लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा संस्थाका सचिव अर्चना पालिखेले प्रस्तुत गरेको प्रगति प्रतिबेदन र कोषाध्यक्ष ज्योती श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन छलफल पछि सर्वसम्त पारित भएको थियो ।

संस्थाले आर्थिक बर्ष २०७३,७४मा ४ करोड बढिको कारोबार गरेको जनाएको छ । २०५७ सालमा १४ हजार रुपया बाट शुरु गरेको सहकारीले हाल १ करोड ५३ लाख ऋण लगानी गरेको र ६९ लाख शेयर पुंजी संकलन गरेको कोषाध्यक्ष श्रेष्ठले जानकारी दिईन ।

सो अवसरमा उत्कृष्ठ कारोबार गरेको भन्दै संस्थाका संस्थापक अध्यक्ष ई्रन्द्र श्रेष्ठ, कमल देबी प्रधान, ज्यष्ठ शेयर सदस्य उमा देबी श्रेष्ठ र भगवती श्रेष्ठलाई संस्थाले सम्मान समेत गरेको थियो ।

कार्यक्रम महिला उद्यमसिलता सहकारी संस्था बागल्ङका अध्यक्ष शशी किरण श्रेष्ठको अध्यक्षता, कोषाध्यक्ष ज्योती श्रेष्ठको स्वागत मन्तब्य र सचिव अर्चना पालिखेको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply