कमल पौडेल खर्वाङ २०७४ कात्तिक १२ । नवजनविकास बहुउद्धेश्य सहकारी संस्था लिमिटेड गल्कोट ११ रिघाको चौथो साधारण सभा मनेवामा सम्पन्न भएको छ।
सो साधारण सभाको उद्घाटन गर्दै वडा अध्यक्ष डम्वर श्रीसले सहकारीको विकास वाट मात्रै देश सम्बृद्ध वन्न सक्ने भएकोले सहकारीको सहि उपयोग गर्न सक्नुपर्ने वताउदै सहकारी मार्फत छरिएर रहेको पुँजी एकिकृत गर्न सकिने र आयआर्जनको माध्यमवाट गरिवि निवारणमा महत्वपूर्ण भुमिका पुग्ने वताए ।
कार्यक्रममा वाल ज्योती प्राविका प्रअ सृजना घर्ती, स्थानिय रेशम घर्ती, सस वहादुर काउचा लगाएतले वोलेका थिए ।
कार्यक्रममा कोषाध्यक्ष श्याम श्रीसले आर्थिक प्रतिवेदन, संचालक समिति सदस्य तेजिन्द्र श्रीसले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रम सहकारीका अध्यक्ष नर वहादुर घर्तिको अध्यक्षता, संचालक समिति सदस्य छमाया थापाको स्वागत मन्तव्य तथा सचिव पूर्ण थापाको संचालनमा सम्पन्न भएको थियो।
यसैगरी नवप्रतिभा वचत तथा ऋण सहकारी संस्था लिमिटेड वडिगाड २ खर्वाङ, बागलुङको संचालक समितिको वैठक शनिवार सम्पन्न भएको छ। वैठकले खराव कर्जालाई तत्काल असुली गर्ने, लेखा परिक्षकवाट परिक्षण भएको प्रतिवेदन पारित गर्ने, सहकारीको नयाँ कार्यक्रम संचालन गर्नको लागी शेयर सदस्यको गोष्टी गर्ने लगाएतका निर्णय गरेको छ। वैठक सहकारीका अध्यक्ष होमनाथ अर्यालको अध्यक्षता तथा सचिव दुर्गा अर्यालको संचालनमा सम्पन्न भएको थियो। सहकारीले झण्डै १० करोडको कारोवार गर्दै आएको छ।
यसैवीच अखिल नेपाल शिक्षक संघको वडिगाड गाउँपालिका स्तरीय कमिटि गठन गरिएको छ। शनिवार खर्वाङमा भएको शिक्षकहरुको भेलाले शिवलाल वनको अध्यक्षतामा ९ सदस्यिय नयाँ कार्यसमितिको गठन गरेको हो। जसको उपाध्यक्षमा खुद वहादुर गुरुङ, सचिव लिल वहादुर श्रीस, कोषाध्यक्ष टेक वहादुर थापा लगाएत रहेका छन् । भेलाले खिम वहादुर श्रीसको संयोजकत्वमा ३ सदस्यिय सल्लाहकार समिति पनि गठन गरेको छ।