काठमाडौँ २०७४ कात्तिक १२ । विख्यात लेखक एवम् दार्शनिक मदनमणि दीक्षितले, ‘डोल्पो : विश्वको जीवित सङ्ग्रहालय पुस्तक विश्व महत्वको, पुरातात्विक महत्व राख्ने गहकिलो पुस्तकको रुपमा देखा परेको’ बताएका छन् ।
राजधानीमा आयोजित एक समारोह बिच विष्णुप्रसाद शर्मा पराजुली व्दारा लिखित उक्त नियात्रा पुस्तकको विमोचन गर्दै प्रमुख अतिथी दीक्षितले, पुस्तकले पश्चिम नेपालको हिमाली क्षेत्रको भुगोल र प्रकृतिमात्र नभइ त्यस क्षेत्रको संस्कृति, जनजीवन र आर्थिक अवस्थाबारे प्रकाश पारेको बताए ।
पुस्तकका बारेमा चर्चा गर्दै प्रमुख अतिथी दक्षितले यहाँका शैक्षिक संस्था र विश्व विद्यालयले आफ्ना विद्यार्थीलाई जानकारी दिन इतिहासको अंगको रुपमा यसलाई समावेश गर्न पनि अनुरोध गरे ।
प्रस्तुत पुस्तकका लेखक श्री विष्णुप्रसाद शर्मा पराजुलीका अभिव्यक्तिहरुलाई नै समग्ररुपमा आजभन्दा १६०० वर्ष पहिलेका संस्कृतका महाकवि कालीदासले आफ्नो ‘कुमारसम्भव’ नामक महाकाव्यको प्रथम श्लोकमा महाकाव्यगत शैलीमा उदृधत गरेका देखिएको छ । ती महाकविले हिमालयलाई ‘देवताहरुको आत्मा’ र ‘पर्वतहरुको राजाधिराज’ भनी लेखेका थिए भनि विख्यात लेखक दीक्षितले भुमिकामा उल्लेख समेत गरेका छन् ।
नियात्राकार, साहित्यकार एवम् भाषाविद डा. तारानाथ शर्माले नियात्राकृति साचो अर्थमा नियात्रा भएकाले यस कृतिका पाठकले लेखकसँगसँगै नयाँ स्थानहरूको आपैm यात्रा गरेको अभूतपूर्व र अति आकर्षक अनुभव सक्दछन भन्ने धारण ब्यक्त गर्दै डोल्पादेखि प्रारम्भ भएको यात्राले शे–फोक्सुन्डोजस्तो अति रमणीय तालको भ्रमण गराउँदै तथा हाम्रो ईतिहासमा खसजातिको तथा बौद्ध धर्म मान्ने हाम्रा स्थानीय जनताको समेत परिचय दिँदै राष्ट्रियताको अति सुन्दर भावनाको कसरी विकास हुन सक्यो भन्ने तथ्यलाई छर्लङ्ग पारेको बताए ।
शर्माले ‘ यो औधी पठनीय, अति ज्ञानवद्र्धक र रोचक नियात्रात्मक ग्रन्थले विश्वको अति उच्च हिमालय पर्वतमालाका निकटस्थलमा जीवन बिताउने नेपालीको परिचयका साथै जीवनपद्धतिलाई समेत प्रोज्ज्वल पार्ने कार्य गरेकोले यो पुस्तक राम्रो छ’ भन्दै पुस्तक पढन आब्हान समेत गरे ।
नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा. डा. जीवेन्द्र देव गिरीले नेपाली वाङ्मयलाई नयाँ कृति दिन सफल भएको भन्दै लेखकलाई शुभकामना दिएका थिए ।
लेखक, वरिष्ठ पत्रकार एवम् सञ्चार विज्ञ प्रा. रामकृष्ण रेग्मीले पुस्तकका विविध पक्षबारे चर्चा गर्दै नयाँ मिडियाले पढने बानीलाई धक्का दिएको बेलामा आएको यो “डोल्पो : विश्वको जीवित सङ्ग्रहालय” कृतिले नयाँ युगको चाहनालाई बुझेर कलम, पदयात्रा र क्यामरालाई समायोजन गर्न सफल भएको बताए ।
डोल्पो बारे नेपाली निरक्षरनै छन् भन्दा फरक नपर्ने भन्दै रेग्मीले ‘आधुनिक शैलीमा लेखिएको यो पुस्तकले डोल्पामा रहेको नेपालको हीराको खानीलाई खोतलेर हामी नेपाली माझ राख्न सफल भएको छ । हिँड्दा, उक्लँदा, बिसाउँदा, लखतरान हुँदा, खाँदा, नखाँदाका आफ्ना डोल्पाली अवलोकन, श्रवण तथा वार्तालाई वत्ती काते झैँ तन्काउँदै, समेट्दै, तान्दै बुन्दै सरल कथन शैलीमा नेपाली घर आँगनमा पु¥याइदिएर लेखकले पाठकलाई गुन लगाउनु भएको बताए ।
यो पुस्तक ह्रदयले लेखिएको हुनाले हामीले पुस्तकहरुका माझ एउटा अर्को पुस्तक आयो भन्यौँ भने अन्याय हुने छ भन्दै दिनमा दुई मिटन मात्र किन नहोस समय छुट्टयाएर पुस्तक पढन समेत उनको आग्रह थियो ।
पुस्तक बारे आफ्नो धारण राख्दै अर्का बक्ता साहित्यकार एवम् रचना साहित्यिक पत्रिकाका सम्पादक रोचक घिमिरेले ‘ यो पुस्तक नेपाली साहित्यको निम्ति नयाँ प्राप्ति हो । खँदिलो र गहकिलो यस कृतिले नेपाली साहित्यको भण्डार भरिएको बताए ।
सम्पादक घिमिरेले पुस्तकमा रहेका केहि उदाहरण समेत पेश गर्दै भने–‘एस्किमोहरू बरफका भकारीजस्ता घरमा मायाप्रीति गर्ने भन्दा, डेनिसहरूको म्वाइँ खाने समुद्री किनारभन्दा हाम्रो नेपालका लेकाली पहराभित्रका ओडार त कति हो कति मनमोहक ! हाम्रोमा त प्रेम गर्ने जोडीलाई चौँरीले चँवर डोलाउँदै, डाँफेले सहनाई फुक्दै, हिमाच्छादित चुचुराले बुकी पुष्पवर्षा गर्दै आशीर्वचन दिन्छन् ।
उनले भने, हामी नेपाली त्यसरी नै बाँचेका छौँ, त्यसरी नै हाँसेका छौँ –आधुनिकताभन्दा धेरै कोश टाढा, हिमालभन्दा पनि टाढा रहेर । दुःख, पीडामा रम्न सक्ने नेपाली शक्ति भनेको नै निश्छल माया र चोखो मुस्कान नै हो जुन झरनाजस्तै कञ्चन हुन्छ, बुकी पूmलजस्तै चोखो हुन्छ, नाउरभन्दा सुन्दर हुन्छ, हिमचितुवाभन्दा साहसी हुुुन्छ । दुई अग्ला पहाडको फेदमा छार्का गाउँकी सानी चिटिक्क परेकी सुन्दरीले कम्मर मर्काएजस्तो गरेर भेरीको किनारमा थपक्क बसेको छ दुनै ।’
साहित्यकार एवम् वरिष्ठ पत्रकार प्रमोद प्रधानले पुस्तक बारे संक्षिप्त चर्चा गर्दै भने‘ यो कृति भावुक यात्रामा सीमित छैन । सचेत र सजग भएर डोल्पोलाई पूर्ण रुपमा समेटेको छ । भुगोल, प्रकृति, इतिहास, संस्कृति र जनजीवनलाई मिहिनरुपमा प्रस्तुत गरिएकाले अहिले सम्म आएका नियात्राहरुभन्दा यो फरक छ ।’
प्रधानले पुस्तकले बोन र बौद्ध धर्मको प्रभावसँगसँगै त्यहाँका ऐतिहासिक गुम्बाहरूबारे सूचना मात्र दिएको नभै, ती बहुमूल्य सम्पदाको संरक्षणमा देखिएको सरकारी उदासीनताको भण्डाफोर गरेको पनि उल्लेख गरे ।
अर्का बक्ता प्राध्यापक एवम् साहित्यकार जगत उपाध्याय ‘प्रेक्षित’ले पुस्तक र लेखकबारे विभिन्न कोणबाट प्रकाश पार्दै नेपाली साहित्यमा नियात्राको शुरुआत १५५० देखि शुरु भएको स्मरण गर्दै पराजुलीको पुस्तकले नियात्राको विशिष्ट स्थान ओगटन सफल, कर्णाली क्षेत्रको अध्ययन गर्न प्रेरित गर्ने एवं पुस्तक पढदा मस्तिस्कलाई जागृत गराउन सफल रहेको धारणा व्यक्त गरे । लेखकले पाद टिप्पणी, सन्दर्भ सूचि, नक्सा, उचाई आदिको आधारमा तयार गरेको हुनाले यो पुस्तक अनुषन्धानको विधि प्रयोग गरेर तयार गरिएको हो भन्न हामी बाध्य भएका उनले थपे ।
उपाध्यायल,े अत्यन्त सरल भाषामा लेखिएकाले कता कता पुस्तक पढदा गुरुप्रसाद मैनालीको कथा पढेजस्तो लागेको स्मरण गर्दै समग्रमा यात्राकार पराजुलीले पदयात्राका व्रmममा गरेको अन्वेषणबाट प्राप्त साक्ष्यका आधारमा ‘डोल्पोलाई विश्वको जीवित सङ्ग्रहालय’ भन्नु सर्वथा उपयुक्त भएको कुरा औँल्याए ।
कार्यक्रममा लेखक पराजुलीले आफ्नो नियात्रा लेखन दोस्रो पाईला भएको र पाठकको माया र प्रेरणाले नै लेखन यात्रामा खुराक प्राप्त भएको कुरा बताए । उनले वैदिक संस्कृति र आधुनिक इतिहासलाई खोजेर, जोडर एउटा माला बनाउन सके नेपाल संसारमानै इतिहासको विद्यालय हुने कुरा उल्लेख गर्दै त्यसतर्फ सोच्न विद्धतवर्गलाई आग्रहपनि गरे ।
जनमत साहित्यिक पत्रिकाका सम्पादक तथा साहित्यकार मोहन दुवालको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको अध्यक्षता भुँडीपुराण प्रकाशनका निर्देशक केशव पराजुलीले गरेका थिए ।