कविता घर्तीमगर, पोखरा २०७३ माघ १५ । लक्ष्मी हुन्डाई मनाङ्ग मस्र्याङदी क्लबले १५ औं आहा रारा गोल्डकपको उपाधि जितेको छ । शनिवार भएको खेलमा आयोजक सहारा क्लबलाई १–० ले हराउदै मनाङ्गले उपाधि चुमेको हो ।
मनाङ्गका कमल श्रेष्ठले ७० औं मिनेटमा गरेको गोल नै मनाङको जितका लागि निर्णायक बन्यो । विजेता मनाङले पाँच लाख १ हजार एक रुपैयाँ पुरस्कार पायो । यस्तै उपबिजेता आयोजक सहाराले दुई लाख ५१ हजार रुपैयाँ एक रुपैया पायो । प्रतियोगितामा नेपाल, भारत र बंगलादेशका गरी १२ टिम सहभागी थिए । फाइनल प्रतियोगिताको म्यान अफ द म्याच मनाङ्गका कमल श्रेष्ठ घोषित भए । उत्कृष्ट बिधा तर्फ गोल किप्पर सहाराका सुजित गुरुङ्ग, डिफेन्स मनाङ्गका कमल श्रेष्ठ, मिडफिल्डर मनाङ्गकै सुजल श्रेष्ठ, स्ट्राईकर सहाराका शिव सुवेदी र प्रशिक्षक सहाराकै किरण श्रेष्ठ घोषित हुदै जनही १५÷१५ हजार प्राप्त गरे ।
प्रतियोगिता अवधीभरमा ३ गोल गरेका झापा ११ का कर्ण लिम्बु उच्च गोलकर्ता हुदै २५ हजार पाए भने फेयर प्ले को उपाधी झापा ११ ले पायो । प्रतियोगिता भरकै उत्कृष्ट खेलाडीको रुपमा सहाराका सुजित गुरुङ्ग घोषित हुदै एक थान हिरो ड्यास स्कुटर पाए । सहित मनाङले पाँचौ पटक आहा राराको उपाधी जितेको छ । मनाङ्गले दोस्रो, तेस्रो, १० औं र १४ औं संस्करणको पनि उपाधि जितेका थियो भने छैटौं र सातौं संस्करणमा सहभागिता जनाएको थिएन । १२ औं संस्करणमा सहाराले मनाङलाई १–० ले स्तब्ध पार्दै च्याम्पियन बनेको थियो । तर यो बर्ष भने मनाङ्गले त्यती बेलाको बदला लिन सफल भएको हो ।