छविलाल पाण्डे बुर्तिबाङ २०७४ कात्तिक १२ । नेपाली काँग्रेस क्षेत्र नँ २ बागलुङको चुनावी रणनीतिक बिषयक छलफल एवं भेटघाट कार्यक्रम बुर्तिबाङमा आईतबार सम्पन्न भएको छ ।
मँसिर १० गते हुने संघ र प्रदेश तहको निर्वाचनमा आफनो जित सुनिश्चित गर्ने उद्देश्य सहित आयोजित छलफल कार्यक्रममा क्षेत्र २ अन्तर्गत ताराखोला देखि तमानखोला, निसीखोला गाँउपालिका अन्तर्गत ४८ वटै वडाका प्रतिनीधिहरुको सहभागिता रहेको थियो ।
क्षेत्र नँ २ का क्षेत्रिय सभापती दोर्णकुमार कुवँरको अध्यक्षतामा भएको कार्यक्रममा बागलुङ क्षेत्र नँ २ का प्रतिनिधी सभाका उमेदवार नरबहादुर पुन (निरज )ले बोल्दै अबको निर्वाचनमा जसरीपनी सत्ताको स्वार्थ र प्रजातन्त्र बिरोधी शतिmलाई पराजीत गर्दे आफनो जीतको सुनिश्चत हुने तवरले दृढ सँकल्पका साथ चुनाबमा होमिन नेता कार्यकर्तालाई आब्ह्वान गरे ।
आफुले २०६६ सालमा सांसद हुँदाको अबस्थामा यस क्षेत्रको बिकास निर्माण र पर्यटन क्षेत्रको बिस्तारका निम्ती धेरै पहल र काम गरेको बताउँदै ढोरपाटन –सालझण्डी सडक खण्डको योजना जोड्ने अभियान, ढोरपाटनमा बिद्युत आयोजनाको सम्भाव्यता अध्ययनमा जोड्, तथा शैक्षिक क्षेत्रको बिकास निर्माणका निम्ती अग्रसर भुमिका निर्वाह गरेको बताउँदै यस पटकको चुनाबमा पनी आफनो जीत भएमा बुर्तिबाङ, गल्कोट र खर्वाङलाई एकिकृत सुबिधा सम्पन्न बस्ती बिकास, कृषि क्षेत्रको बिस्तारीकरण र बजारीकरण, युवा स्वरोजगार मुलक कार्यक्रम, तथा स्वास्थ्य, शिक्षा र यातायात क्षेत्रको तिब्र बिकासमा अगाडि बद्ने बताउँदै यस क्षेत्रको सम्भावित बिकास निर्माण र नँया परीकल्पना गर्नका निम्ती प्राबिधिक क्षेत्रमा लाग्ने खर्च आफुले राज्यबाट पाउने सेवा सुबिधाबाटै खर्च गर्ने बताए ।
साथै उनँले जिल्लाको पश्चिम क्षेत्र बाढी पहिरो प्रभावित क्षेत्र भएका कारण त्यसको ब्यबस्थापनका निम्ती आबस्यक योजना बनाएर अगाडि बढ्ने लक्ष्य रहेको पनि बताए ।
त्यस्तै क्षेत्र नँ २ प्रदेश (ख)का उमेदवार जीत शेरचनले बोल्दै नेपाली काँग्रेस पार्टी राणा शासन, राजतन्त्र अन्त्य देखि सँबिधान निर्माण सँगै जनताको पीडा सँग सहयात्रा गर्ने पार्टी भएका कारण देशलाई लुटतन्त्रको खेती गर्ने र सँबिधान खल्बल्याउन चाहने शतिmलाई परास्त गर्ने सबै नेताकार्यक्रता एक ढिक्काभएर अगाडि बढ्न जोड दिए ।
आफुलाई कुनै आर्थिकको लोभ नभएको बताउँदै जनताको लागि सेवा सुबिधा , रोजगार र अधिकार स्थापित गराउनुनै आफनो मुख्य एजेन्डा रहेको शेरचनको भनाई थियो ।
कार्यक्रममा क्षेत्र नँ २ प्रदेश नं (क) उमेदवार मञ्जेशवम मल्ल, निसीखोला गाँउपालीका प्रमुख तारानाथ पौडेल, तमानखोला गाँउपालिका प्रमुख जोकलाल बुढा, गल्कोट नगरपालीका प्रमुख भरत शर्मा गरै, नेपाली काँग्रेस निसीखोला गाँउपालिका संयोजक ईन्द्रबहादुर मल्ल, बडीगाड गााउपालिका संयोजक अर्जुन खरेल, ताराखोला गाँउपालिकाको तर्फदेखि माया बस्नेत, गल्कोट नगरपालिकाको तर्फदेखि नारायण ध्वज मल्ल, तमानखोला गाँउपालिका संयोजक खगेन्द्रमान पुन तथा बिभिन्न वडाको तर्फदेखि वडा प्रतिनीधिले आ –आफनो क्षेत्रको रिर्पाटिङ तथा चुनावी कार्यक्रमको बिषयमा धारणा राखेका थिए ।
त्यस्तै चुनाबलाई थप प्रभाबकारी बनाउन क्षेत्रिय सभापती दोर्ण कुमार कुवँरको संयोजगत्वमा पार्टीका नगर कमिटी, गाँउकमिटी संयोजक, जिल्ला सदस्य, महाधिबेशन प्रतिनीधि, भातृ सँस्थाका सुभेच्छुक, लगाएत रहने चुनाब परिचालन कमिटी गठन गरिएको छ ।
प्रदेश (क) तर्फ फमबहादुर खत्री संयोजक र प्रदेश (ख ) तर्फ नरबहादुर पुन निरज रहेको १ हजार १ सदस्यी निर्वाचत ब्यबस्थापन समितीको गठन गरीएको छ । त्यस्तै कार्तिक १३ गतेदेखि तमानखोला हुँदै मँसिर ७ गतेसम्मको चुनावी कार्ययोजना समेत तय गरिएको छ । कार्यक्रम क्षेत्रिय सचिब तिलक घर्तिले सञ्चालन गरेका थिए ।
त्यस्तै नेपाली काँग्रेस बागलुङका सभापति एवं बागलुङ क्षेत्र नम्बर १ प्रदेश सदस्य १ का उम्मेदवार दीपेन्द्र थापाले आईतबार बागलुङ नगरपालिका १ र २ मा घरदैलो सम्पन्न गरेका छन् । नेपाली काँग्रेस र आफ्नो पक्षमा मत माग्दै थापाले घरदैलो गरेका हुन् । नेपाली काँग्रेसको नेतृत्वमा संविधान निर्माण सम्पन्न भएकाले त्यसको कार्यान्वयन र अब विकासका लागि काँग्रेसलाई मतदान गर्न उनले आग्रह गरेका थिए ।