बिमल खड्का, खर्बाङ २०७४ कात्तिक १३ । संयुक्त बाम गठबन्धनको चुनावी प्रचार अभियानका क्रममा बडीगाड वडा ६ र ७ मा कार्यकर्ता भेटघाट तथा चुनावी भेला सम्पन्न भएको छ ।
भेलामा बागलुङ क्षेत्र नम्बर २ क का प्रदेश सभा सदस्य संयुक्त बाम गठबन्धनका साझा उमेदवार चन्द्र बहादुरस बुढा सागरले एकताको भावलाई जनता माझ पुराएर पुराना तिक्ततालाई भुली चुनावमा लाग्नुपर्ने बताए । यस ठाउको आर्थिक सामाजिक बिकाशका लागि आफुले योजनाका साथ अगाडि बढ्ने सागरको भनाई थियो ।
उनले संयुक्त बाम तालमेलले राज्य दुई तिहाई बहुमत ल्याएर राज्य संचालन गरेर देश समृद्धि तिर जाने भएकाले अब त्यसमा लाग्न कार्यकर्तालाई आग्रह गरे ।
भेलामा बोल्ने बक्ताले बाम तालमेले अब देश समृद्ध तिर जाने र स्थाईत्व सरकार बनाउन गरेको तालमेल उदाहरणीय भएको बताएका थिए ।
भेलामा नेकपा माओवादी केन्द्र केन्द्रीय आयोजक समितिका सदस्य राजिव घिमिरे राष्ट्रिय जनमोर्चाका जिल्ला प्रतिनिधी मेख बहादुर पाईजा बडीगाड गाउँपालिकाका अध्यक्ष मेयर सिह पाईजा लगाएतले बोलेका थिए ।
भेलाले बडीगाडको वडा ६ मा निर्वाचन उच्च स्तरीय समितिमा नर बहादुर क्षेत्रि र सुनिल थापा वडा ६ स्तरीय निर्वाचन परिचालन समितिमा फौज बहादुर क्षेत्रीको संयोजकमा ५ सदस्य गठन गरिएको छ मतदाता शिक्षा तथा युवा परिचालनमा चित्र अर्गेजा महिला परिचालनमा लक्ष्मि क्षेत्री र सल्लाहकारमा प्रेम क्षेत्रीलाइ जिम्मेवारी दिएको छ भने वडा ७ मा जित बहादुर थापा दिपक रायमाझी र ओम बहादुर बुढालाई उच्च स्तरीय निर्वाचन परिचालन वडा स्तरीय निर्वाचन परिचालनमा गंगा गुरुङको संयोजकमा १३ सदस्य युवा परिचालनमा खगेन्द्र बुढा र कमल घर्ती र महिला परिचालन मिना रायमाझीलाई जिम्मेवारी दिएको छ ।
भेलामा नेकपा एमाले नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका नेता तथा कार्यकर्ताहरुले आफ आफ्नो ठाउबाट रिपोर्टिङ गरेका थिए ।
भेलामा नेकपा माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य जितबहादुर थापा अध्यक्षता स्वागत मन्तव्य नेकपा एमालेका दिपक रायमाझीको स्वागत र नेकपा एमालेका कृष्ण भट्टराईले गरेका थिए ।